default_image

1 year ago

December 9, 2023

रोनाल्डोको १२सयौं खेलमा गोल र असिस्ट

1219 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक करियरको १२सयौं खेलमा गोल र असिस्ट प्रदान गरेका छन् ।

साउदी प्रो लिगमा अल नासरले अल रियादलाई ४–१ ले पराजित गरेको खेलमा व्यवसायिक करियरको १२सयौं खेल खेलिरहेका रोनाल्डोले एक गोल र एक असिस्ट प्रदान गर्न सफल भएका हुन् ।

३८ वर्षीय रोनाल्डोले साडियो मानेको क्रसमा पहिलो गोल गर्दा ओटाभियोको गोलको लागि असिस्ट प्रदान गरे । रोनाल्डो यो सिजन साउदी प्रो लिगमा १५ खेलमा १६ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा छ ।

पुरुषतर्फ सर्वाधिक प्रतिस्पर्धात्मक खेल खेल्ने कीर्तिमान इङ्ल्यान्डका पूर्व गोलरक्षक पिटर शिल्टनको नाममा छ । उनले १३ सय ८७ प्रतिस्पर्धात्मक खेल खेलेका छन् ।

साउदी प्रो लिगले रोनाल्डोले आफ्नो व्यवसायिक करियरको १२ सयौं खेलमा गोल र असिस्ट प्रदान गरेको पुष्टि गरेका छन् । पछि रोनाल्डोले आफ्नो इन्ष्टाग्राममा ‘थप तीन अंक! मलाई मेरो १२सयौं खेलमा पुग्न मद्दत गर्ने मेरा सबै सहकर्मीहरूलाई धन्यवाद । यो यात्रा अझै सकिएको छैन ।

रोनाल्डोले फेब्रुअरी २०२० मा सिरी ‘ए’ मा युभेन्टसका लागि गोल गर्दै आफ्नो १ हजारौं खेल पूरा गरेका थिए । गत जुनमा आइसल्याण्डविरुद्ध खेल्दै उनले २०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष खेलाडी बनेका थिए । उनी १२८ गोलका साथ पुरुषतर्फ शीर्ष अन्तर्राष्ट्रिय गोलकर्ता पनि हुन् ।

आफ्नो क्लब करिअरको कीर्तिमानमध्ये रोनाल्डो च्याम्पियन्स लिग (१८३), जसमा उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसको प्रतिनिधित्व गरेका थिए, सबै समयको उपस्थितिको लागि सूचीमा शीर्ष स्थानमा छन् ।

रोनाल्डो शीर्ष–स्तरमा ८०० गोल गर्ने इतिहासको पहिलो खेलाडी हुन् । यस्तै उनले सन् २०२१ मा म्यानचेस्टरबाट गोल गरेपछि उनले ८५० गोलको आँकडा पारेका छन् ।

साउदी प्रो लिगमा अल नासर तालिकाको दोस्रो स्थानमा छ, टोली शीर्षस्थानको अल हिलालसँग सात अंकले पछि छ ।

रोनाल्डोको १२सयौं व्यवसायिक खेल
स्पोर्टिङ – ३१ खेल
म्यानचेस्टर युनाइटेड –२४६ खेल
रियल म्याड्रिड – ४३८ खेल
युभेन्ट्स – १३४ खेल
अल नासर – ४६ खेल
पोर्चुगल – २०५ खेल

January 21, 2025

एन्फा यु १६ लिग – विभागीय डर्बीमा एपिएफ विजयी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मीमाथि सहज जित हासिल गरेको छ । सोमवार भएको दिनको दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । सोमवारकै पहिलो खेलमा खुमलटार फुटबल क्लबमाथि थ्री स्टार फुटवल क्लबले ५-१ को फराकिलो जित हात पारेको छ […]

January 21, 2025

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

Success

Thank you for your time.