default_image

2 years ago

December 11, 2023

सन र रिचार्लीसन चम्कँदा टोटेनहमको सानदार जित

1249 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन र ब्राजिली फरवार्ड रिचार्लीसनको उच्च प्रदर्शनमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

टोटेनहमले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ४–१ को सानदार जित निकालेको हो । टोनहमको जितमा रिचार्लीसनले दुई तथा आइयेनोमा डेस्टिनी युडोगी र समान एक गोल गरे । सनले एक गोलसँगै दुई असिस्ट प्रदान गरे । न्यूक्यासलका जोइलिन्टनले एक गोल फर्काए ।

टोटेनहम हटस्पर स्टेडियम लन्डनमा आइतबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली टोटेनहमले खेलको २६औं मिनेटमा आइयेनोमा डेस्टिनी युडोगीको गोलबाट अग्रता लिएको थियो । उनले सनको पासलाई सदुपयोग गरे । ३८औं मिनेटमा रिचार्लीसनले सनकै पासमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

६०औं मिनेटमा रिचार्लीसनले पेड्रो पोरोको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई सहज जिततर्फ अघि बढाए । ८५औं मिनेटमा सनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई ४–० को आरामदायी अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोइलिन्टनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम विजयी हुन सफल भयो ।

यस जितले टोटेनहम १६ खेलबाट ३० अंक जोडेर पाँचौं स्थानमा यथावत छ । पराजित न्यूक्यासल २६ अंक जोडेर सातौं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.