default_image

1 year ago

December 12, 2023

च्याम्पियन्स लिगको अन्तिम चरणका ८ खेल आज

671 views

0 Bookmark

एजेन्सी – यूरोपेली च्याम्पियन्समा मंगलबार आज राति छैठौ चरणका आठ खेल हुँदैछन् ।

आज राति ११:३० बजे समूह बि का खेलहरु हुदैं छन् । लन्सले सेभिल्लाको सामना गर्दा पिएसभी आइन्डहोभनले आर्सनलसंग भिड्ने छ ।
यस समुहबाट आर्सनल ५ खेलमा १२ अंक सहित शिर्ष स्थानमा रहदै अर्को चरणमा प्रवेश गरिसकेको छ।

पिएसभीको ८ अंक रहदा लन्सको ५ अंक छ। सेभिल्ला २ अंकसहित प्रतियोगिता बाट बाहिरिसकेको छ तर तेस्रो हुदै यूरोपा लिगमा छनोट हुने दौडमा भने अझै पनि रहेको छ।

बाँकी ६ खेल राति १:४५ बजे हुने छन्। समूह ‘ए’ मा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ भने एफसी कोपेनहेगनले गालातासारेसँग खेल्नेछ । म्यानचेस्टर युनाइटेड अहिलेसम्म पाँच खेलमा चार अंक जोडेर समूहको चौथो स्थानमा छ । अर्को चरण प्रवेश गर्नका लागि युनाइटेडले बलियो बायर्न म्युनिख विरुद्ध जित्ने पर्ने छ र आकोपेनहेगन र गालातासारेले बराबरी खेल्नु पर्ने छ ।
बायर्नले अहिलेसम्म १३ अंकसहित अर्को चरणमा प्रवेश गरिसकेको छ भने कोपेनहेगन गालाटासारेको ५–५ अंक छ । यी दुइ टोलि पनि जित सहित अर्को चरणमा प्रवेश गर्न चाहन्छन ।

समूह ‘सी’ मा युनियन बर्लिनले रियल म्याड्रिडको सामना गर्ने छ भने नापोलीले ब्रागाविरुद्ध खेल्नेछ । यस समूहमा रियल मड्रिडले अहिलेसम्म ५ खेलमा ५ जित हात पार्दै छनोट भइसकेको छ ।
नापोलीलाई दोस्रो स्थान कायम गर्न र अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्न बराबरी आवश्यक हुनेछ । अहिलेसम्म २ अंक जोडेको युनियनले रियल विरुद्ध जित हासिल गरेमा र ब्रागाले नापोलीसँगको खेलमा हार बेहोरेमा युरोपा लिगमा छनोट हुन सक्छ ।

समूह डी मा रियल सोसिडाड र इन्टर मिलानले एकअर्कासँग खेल्नेछन् भने आरबी साल्जबर्गले बेन्फिकासँग खेल्नेछ ।
सोसिडाड र इन्टर दुवै ११ अंकमा छन् र अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । यस खेलमा जित हासिल गर्ने टोलि समूह बिजेता बन्दै अर्को चरणमा प्रवेश गर्ने छ भने बराबरी भएमा सोसिडाडले पहिलो स्थान पक्का गर्ने छ । साल्जबर्गले अहिलेसम्म चार अंक बनाएको छ भने बेन्फिकाले एक अंक जोड्न सफल भएको छ ।

January 21, 2025

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

Success

Thank you for your time.