default_image

5 months ago

December 13, 2023

युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

1095 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

खराब सिजनबाट गुज्रिरहेको युनाइटेड मंगलबार बायर्न म्युनिखको पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो ।

आफ्नै मैदान ओल्ड ट्रायफोर्डमा युनाइटेड १–० ले पराजित भएको थियो। किङ्ग्सी कोमनले ७० औं मिनेटमा गरेको गोल नै बार्यनका लागि निर्णायक बन्यो ।

च्याम्पियन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावनाका कायम राख्न समूह एमा युनाइटेडलाई यो खेल जितेर मात्र पुग्ने थिएन । अर्को खेलको नतिजामा निर्भर हुनुपर्ने थियो।

समूहको‌ अर्को खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो । १६ अंक बटुलेको बायर्नसँगै उपविजेताका रुपमा कोपनहेगन (८अंक) नकआउट चरण पुग्यो ।

अंक तालिकामा गालातासारे तेस्रो (५) र युनाइटेड (४) समूहको अन्तिम स्थानमा रह्यो ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.