2 years ago
December 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शुक्रबार भएको ललितपुर सिटी फुटबल क्लब र झापा फुटबल क्लबको खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाँडिएको हो । दुवै टोलीका लागि लिगमा यो चौथो बराबरी रह्यो । ललितपुर ६ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ भने झापा ६ खेलमा ७ अंक जोड्दै पाँचौमा छ ।
चौथो मिनेटमा ललितपुर सिटी एफसी अग्रता लिनबाट थोरैले मात्र चुक्यो । दिनेश हेन्जनले बक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेपछि झापा पछि पर्नबाट बच्न सफल भयो ।
सातौं मिनेटमा अन्जन विष्टको पासमा आवास लामिछानेले बक्स बाहिरबाट लिएको प्रहारमा उनले सोचेजस्तो सम्पर्ण बनाउन सकेनन् ।
१३औं मिनेटमा मिडफिल्डमा विवेक पौडेलले बल नियन्त्रणमा लिन नसकेपछि झापाका सुमित श्रेष्ठले मौकाको फाइदा उठाएर अन्जन विष्टले लागि खेलेको पासमा ललितपुरका फ्रेन्च गोलरक्षक जेफ्री बाल्टुस लाइन अगाडि आएर बल समाते ।
२३औं मिनेटमा अन्जन विष्टका लागि वान अन वान अवसर सिर्जना हुँदा अन्तिम समयमा सनीश श्रेष्ठको ट्याकलले झापा अग्रता बनाउनबाट चुक्यो ।
३७औं मिनेटमा ललितपुरका निखिल कदमको क्रसमा इमोह इजीकिएलको हेडरले पोस्टको दिशा लिन सकेन ।

४५औं मिनेटमा अनन्त तामाङको गल्ती पछि बाल्टुसले ललितपुरको बचाउ गरे । छिरिङ गुरुङको क्रस क्लियर गर्ने क्रममा राम्रो सम्पर्क नबनाएर अनन्त चिप्लिएपछि जोर्जगे सान्चेजका लागि अवसर बनेको थियो । तर बाल्टुसले सान्चेजको प्रहार आफ्नो खुट्टाले बचाए ।
४८औं मिनेटमा दिनेशको क्रसमा निखिल कदमले बक्स भित्र प्रहार गर्ने क्रममा बलमा सम्पर्क बनाउन सकेनन् । सोही मिनेटमा सनीशको क्रसमा केबेको हेडर स्टेफन कुपिचले बचाए ।
५०औं मिनेटमा इमोहको क्रसमा केबेको अर्को प्रहार पनि कुपिचले विफल पारे । ५७औं मिनेटमा अन्जनको बक्स भित्रबाट गरेको प्रहार पनि पोस्टको दिशामा गएन ।
६२औं मिनेटमा दिनेशको बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर पोस्टको केही माथिबाट बाहिरियो । त्यसपछिको कर्नरमा सेसेहाङले खाली रहेको अवस्थामा चाहेजस्तो प्रहार गर्न सकेनन् ।
८७औं मिनेटमा इमोहको ओभरहेड प्रहार पोस्ट बाहिर जान पुग्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा इमोहले बक्स भित्रबाट पोस्टको धेरै माथि गरे । तेस्रो मिनेटमा सनीशको क्रसमा केबेको हेडर छिरिङले ब्लक गरे ।
पाँचौं मिनेटमा अनन्तको हेडर सिधै कुपिचको हातमा जन पुग्यो । यस्तै खेलको अन्तिम मुभमा आदित्य शाक्यको बक्सको छेउबाट लिएको प्रहार सिधै कुपिचको हातमा पुगेपछि खेल गोलरहित बराबरीमा सकियो ।
शनिबार लिग अन्तर्गत दशरथ रंगशालामा दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे पोखरा थन्डर्स र वीरगन्ज युनाइटेड खेल्नेछन् । दोस्रो खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी चितवनबीच साँझ ५ बजे खेल हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]