default_image

2 years ago

December 16, 2023

टोटेनहमको लगातार जित

1412 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा टोटेनहम हट्सपरले नटिङघम फरेस्टलाई हराएको छ ।

फरेस्टको घरेलु मैदानमा टोटेनहमले दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गरेको हो । टोलीका लागि रिचार्लीसन र डेजान कुलुसेभ्सकीले १-१ गोल गरे । खेलको अन्तिम २० मिनेट १० खेलाडीमा सिमित भएको स्पर्सले यस जितसँगै शीर्ष ४ मा आफ्नो सम्भावना बलियो बनाएको छ ।

खेलमा टोटेनहमले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । कुलुसेभ्स्कीको क्रसमा रिचार्लीसनले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६५ औं मिनेटमा कुलुसेभ्स्कीले शक्तिशाली प्रहारमार्फत गोलरक्षक म्याट टर्नरलाई बिट गर्दै अग्रता दोब्बर पारे । त्यसको ५ मिनेटपछि भीएआरको सहयोगमा रेफ्रीले इभ्स बिसुमालाई रातो कार्ड दिए ।

यस जितसँगै टोटेनहमको १७ खेलमा ३३ अंक भएको छ । १ खेल कम खेलेर समान ३३ अंक बोकेको सिटी चौथो र स्पर्स पाँचौ स्थानमा छ । फरेस्ट भने खराब लयबाट गुज्रंदा १७ खेलमा १४ अंकसहित १६ औं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.