default_image

7 months ago

December 16, 2023

‘अवसरवादी भने पनि खण्डन गर्दिन’- एन्फा पूर्व महासचिव तुलाधर

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव इन्द्रमान तुलाधरले फुटबल राजनीतिमा आफूलाई अस्थिर वा अवसरवादीको आरोप लागेपनि त्यसलाई खण्डन नगर्ने बताएका छन् ।

एन्फामा पुनः प्रवेशको तयारीमा रहेका तुलाधरले एन्फा महासचिव किरण राईसँग शनिबार सातादोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्रकार सम्मेलनमा तुलाधरले भने, ‘म फुटबलमा काम गर्न रमाउने मान्छे हु । १२ वर्षको उमेरदेखि फुटबल खेले । सबै उमेर समूहमा फुटबल खेले । राष्ट्रिय टोलीबाट भने खेल्न सकिन । तेक्वान्दोाबाट राष्ट्रलाई प्रतिनिधित्व गरेर पदक जिते । मलाई कसैले अस्थिर र अवसरवादी भन्छ भने पनि म खण्डन गर्दिन । कुनै गुनासो छैन । सबैको आ आफ्नो बुझाई हो । ’

२०६३ सालबाट लगातार एन्फाको कार्यकारी भूमिकामा रहेका तुलाधार पछिल्लो निर्वाचन (२०७९) पछि एन्फाबाट बाहिरिए थिए । गणेश थापा र नरेन्द्र श्रेष्ठ अध्यक्ष रहँदा एन्फाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका तुलाधर कर्मा छिरिङ शेर्पा अध्यक्ष हुँदाको कार्यसमितिमा महासचिव थिए । पुनः सिइओको भूमिकामा उनी एन्फा फर्कने तयारीमा रहेको बताइएको छ ।

एन्फा कार्यसमितिको सोमबार बस्ने बैठकमा उनी सिइओ र विजय घले सहायक महासचिव नियुक्त हुने सम्भावना रहेको एन्फा श्रोतले बतायो । पत्रकार सम्मेलनमार्फत तुलाधरले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित निर्वाचित कार्यसमितिसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् ।

‘एक वर्षसम्म नयाँ कार्यसमितिको काम हेर्यौं । राम्रो सँग चलने । हटाउने वैधानिक प्रयास गर्यौ । त्यसमा पनि सकेनौं । कात्तिक २३ गते हेटौंडामा भएको विशेष साधारण सभाले एउटा मत दिएको छ,’ उनले भने, ‘विवाद गरेर मात्र हुँदैन । साधारण सभाले एउटा निष्कर्ष निकालेको छ त्यसलाई मानेर अघि बढ्नुपर्छ भनेर सहकार्यको लागि तयार भएको छु ।’

फुटलब विकासका लागि कुनै पनि एउटा व्यक्तिलाई दुई कार्यकाल दिनुपर्ने आफ्नो विगतदेखि कै मत रहेको तुलाधरले प्रष्ट पारे । ‘नरेन्द्र श्रेष्ठ दोस्रो पटक अध्यक्ष हुनुपर्छ भन्ने मेरो मत थियो । त्यो हुन सकेन । अर्को पटक कर्मा छिरिङ शेर्पा अध्यक्ष हुँदा उहाँलाई सहयोग गरियो । अर्को पटक बनाउन सकिने,’ ए डिभिजन क्लब संकटाका अध्यक्ष समेत रहेका तुलाधरले भविष्यमा नेम्वाङलाई सघाउने संकेत गर्दै भने, ‘म अहिले पनि भन्छु । फुटबल विकासका लागि एक कार्यकाल पर्याप्त हुँदैन ।’

तुलाधरले कर्माछिरिङ समूहसँग मिलेर अध्यक्ष नेम्वाङविरुद्ध भदौं २५ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हेटौडामा विशेष साधारण सभामा आफूहरुमा फरक मत रहेको पनि तुलाधरले प्रष्ट पारे । ‘म वहिष्कार गनुहुन्न भन्ने पक्षमा थिए । यद्दपी निर्वाचनमा मैले भाग लिइन । आफैले राखेको अविश्वासको प्रस्तावको मतदान बहिष्कार गर्नुहुन्न भन्नेमा म थिए । तर सबैलाई माउन सकिएन,’ उनले भने, ‘त्यहाँबाट हामीबीचमा केहि भिन्नता रह्यो । हाम्रा कतिपय साथीहरुले मतदानमा भाग लिनुभएको थियो । पछि अख्तियार र अदालतमा मुद्दा दर्ता भएको सुने त्यसमा मसँँग सल्लाह भएको छैन ।’ सो विशेष साधारण सभाले नेम्वाङविरुद्धको अविश्वासलाई असफल बनाएको थियो ।

तुलाधरले विवादले फुटबल विकास सम्भव नभएको भन्दै उनले सबै मिलेर जानुपर्नेमा जोड दिए । ‘ फुटबलमा तीन वटा पक्ष छन्। त्यसमा सम्भव भए सबै नत्र कम्तीमा दुई पक्ष मिल्नुपर्ने अवस्था छ। सबै मिल्दा विकास गर्न कठिन छ । विवाद गरेर विकास सम्भव छैन, आफू एन्फा फर्कने तयारीमा रहेको प्रष्ट पार्दै भने, एउटा भनाई छ लिड, फलो एन्ड क्विट । म त्यसमा विश्वास गर्छु । नेतृत्वको लागि कोसिस गरे । सफल भइन । अब फलो गर्छु । यसमा सफल नभए फुटबल छाड्छु ।’

तुलाधरले एन्फामाथि फिफाको कन्ट्रोल फन्डिङलाई फुकाउन आफु सहयोगी हुन सक्ने पनि बताएका छन् । एन्फा महासचिव राईले तुलाधरलाई धन्यवाद दिदै अन्यलाई पनि मिलेर काम गर्नका लागि आग्रह गरेका छन् । उनले काम गर्न चाहने जो कोहीलाई पनि एन्फामा स्वागत गरिने बताए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.