2 years ago
December 17, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीले सेफिल्ड युनाइटेड विरुद्ध २-० को जित निकालेको हो । चेल्सीको जितमा कोल पाल्मर र निकोलस ज्याक्सनले गोल गरेका हुन् ।

पछिल्लो ४ खेलमा ३ हार बेहोरेको चेल्सी यस खेल अगाडि १३औं स्थानमा थियो । टोलीमा नयाँ व्यवस्थापन आएदेखि धेरै खेलाडी भित्र्याएको चेल्सीले यस सिजन सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन ।
शनिबार खेलको पहिलो हाफमा चेल्सीले मौका सिर्जना गरेपनि गोल भने गर्न सकेको थिएन । तर दोस्रो हाफको सुरुवाती समयमा दुई गोल गरेपछि चेल्सीले खेलमा राम्रो पकड बनाएको थियो ।
सुरुवाती गोल पाल्मरले गरे । ५४औं मिनेटमा रहिम स्टरलिङ्गले दिएको क्रसमा गोल गर्दै पाल्मरले खेलमा चेल्सीलाई अग्रता दिलाएका थिए ।
६१औं मिनेटमा ज्याक्सनले दोस्रो गोल गर्दै चेल्सीलाई सहज अवस्थामा पुर्याएका थिए । पाल्मरको क्रसमा गोलपोस्टको नजिकबाट गोल गर्दै ज्याक्सनले चेल्सीको जित सुनिश्चित गरेका थिए ।
जितपछि चेल्सी १० खेलमा २२ अंक बटुल्दै १०औं स्थानमा उक्लिएको छ । सेफिल्ड भने १७ खेलमा ८ अंकका साथ पुछारमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]