default_image

5 months ago

December 20, 2023

म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा

2169 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । जापनिज क्लब उरावा रेड डाइमन्ड्सलाई ३–० ले पराजित गर्दै सिटीले फाइनलको यात्रा तय गरेको हो ।

साउदी अरबको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा मंगलबार राति भएको खेलमा सिटीका माटियो कोभासिस र बर्नाडो सिल्भाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको सुरुवात देखि नै रेड डाइमन्ड्सलाई दवावमा राखेपनि सिटीको गोलको लागि पहिलो हाफको अन्त्यतिर आत्मघाती गोलको साहरा लिनुपर्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मारिअस होइब्राटेनले आत्मघाती गोल गरेपछि सिटी खेलमा १–० ले अघि बढ्यो ।

५२औं मिनेटमा माटियो कोभासिसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले केल वाल्करको पासमा गोल गर्न सफल भए । त्यसपछि ५९औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको ३–० को सहज जित पक्का गरे ।

अब सिटीले उपाधिका लागि शुक्रबार ब्राजिली क्लब फ्लुमिनेन्सेसँग खेल्नेछ । फ्लुमिनेन्सेले इजिप्टको अल अहली एससीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

सिटी युरोपको च्याम्पियन्स लिग विजेता तथा फ्लुमिनेन्से कन्मेवोल (दक्षिण अमेरिका) को कोपा लिबर्टाडोरेस विजेता क्लब हो ।फिफा क्लब विश्वकपमा यि दुवै टोलीको यो पहिलो सहभागिता हो ।

एएफसी च्याम्पियन्स लिग विजेता रेड डाइमन्ड्सले सोही दिन तेस्रो स्थानको लागि काफको च्याम्पियन्स लिग विजेता अल अहली एससीसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले हरेक वर्ष ६ महादेशका विजेता र आयोजक राष्ट्रको च्याम्पियन क्लबबीच फिफा क्लब विश्वकप आयोजना गर्ने गर्दछ ।

यसपटकको फिफा क्लब विश्वकप साउदी अरबमा १२ देखि २२ डिसेम्वरमा भइरहेको छ । सात टोलीबीचको यो अन्तिम फिफा क्लब विश्वकप हो । सन् २०२५ देखि ३२ टोलीबीच क्लब विश्वकप हुनेछ ।

सन् २००० बाट सुरु भएको फिफा क्लब विश्वकप स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी ५ पल्ट जितेको छ । रियल अघिल्लो संस्करणको विजेता हो ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.