default_image

5 months ago

December 24, 2023

आर्सनल र लिभरपुलको बराबरी, टोटनहमको जित

342 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार उपाधि लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् ।

एनफिल्डमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग १-१ को बराबरीमा रोकिनु परेको थियो।

ग्याब्रियल जिससको गोलमा आर्सनलले अग्रता लिएको थियो। मार्टिन ओडेगार्डले फ्रि किकमा जिससले गोल गरेका थिए ।

लिभरपुलका लागि मोहम्मद सलाहले २९ औं मिनेटमा गोल फर्काएका थिए । अलेक्जेन्डर आरनोल्डको पासमा सलाहले गोल गरेका थिए।

दुई मध्ये जुन टोली जित्दा त्यही शीर्ष स्थानमा रहन्थ्यो। बराबरीले आर्सनल शीर्ष स्थानमा रहेको छ । आर्सनलको ४० र दोस्रो स्थानको लिभरपुलले ३९ अंक छ।

अर्को खेलमा टोटेनहमले एभर्टनलाई २–१ ले हराएको थियो। रिचार्लिसनले खेलको नवौं मिनेटमा र सन ह्युङ मिनले खेलको १८ औं मिनेटमा गोल गर्दै खेलमा टोलीको दबाब बनाएका थिए ।

गोमेजले एर्भटनका लागि ८२ औं मिनेटमा गोल गरेका थिए। ३६ अंक पुर्याएको टोटनहम चौथो स्थानमा उक्लिएको छ। एन्ड्रोस टाउन–जेन्डको गोलमा लुटन टाउनले न्युकासललाई १–० ले हराएको छ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.