default_image

2 years ago

December 26, 2023

एनएसएलको एलिमिनेटरमा काठमाडौं र ललितपुर खेल्दै

826 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को उपाधि होडको‌ सम्भावनालाई जीवित राख्न ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच आज (मंगलबार) प्रतिस्पर्धा हुँदैछ।

खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।
ललितपुर अंक तालिकाको तेस्रो र साविक विजेता काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको थियो ।

पहिलो चरणको अन्तिम खेलमा ललितपुरलाई नै १-० ले हराएर काठमाडौंले प्लेअफको‌ यात्रा तय गरेको थियो।
त्यसो त एनएसएलको‌ दुई संस्करणमा काठमाडौंसँग ३ पटक‌ भेट हुँदा ललितपुरले‌ सबैमा‌ हारको सामना गरेको छ ।

पहिलो संस्करणको लिग चरणमा‌ ललितपुर काठमाडौं सँग १-० ले पराजित भएको‌ थियो । त्यसपछि यि दुई टोलीबीच दोस्रो क्वालिफायरमा भेट भएको थियो। त्यसमा ३-० जित निकाल्दै काठमाडौं फाइनल पुगेको थियो। पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित काठमाडौं फाइनलमा उसैलाई हराएर च्याम्पियन बनेको थियो।

आजको‌ खेल जित्ने टोलीले फाइनल प्रवेशका पोखरा थन्डर्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ । सोमबार भएको रोमान्चक खेलमा धनगढीसँग टाइब्रेकरमा ४-३ ले पराजित भएपछि पोखराले फेरि खेल्ने अवसर पाउनेछ।

निर्धारित र थप ३० मिनेटमा २-२ को बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। निर्धारित समयको १-१ को बराबरीमा होस् वा थप समयमा दुबै पटक बनाएको अग्रतालाई पोखराले जोगाउन सकेन ।

उता धनगढी थप समयको अन्तिम मिनेटमा गोल गर्दैै खेलमा फर्किएको थियो। गोलकिपर ताहाले २ पेनाल्टी रोक्दै धनगढीको‌ फाइनल यात्रा तय गराए । धनगढी दुबै संस्करणमा पहिलो क्वालिफायर जित्ने एक्लो टोली बनेको छ।

लिग चरणमा काठमाडौंसँगको हारका‌ कारण ललितपुरले पहिलो क्वालिफायर खेल्ने मौका गुमाएको थियो। अघिल्ला ३ हारको बदला लिन नसके यसपटक ललितपुर एलिमिनेटरबाटै बाहिरिने छ । त्यसकारण ललितपुर पक्कै सचेत रहनेछ।

काठमाडौं त्यहि टोली हो जो अघिल्लो संस्करण पहिलो क्वालिफायर गुमाएरपनि फाइनलमा जित निकालेको थियो। अर्कोतर्फ ललितपुर विरुद्धको कुनै खेल गुमाएको छैन । आजको खेल गुमाएको अवस्थामा काठमाडौंसँग उपाधि रक्षाको मौका गुम्नेछ।

ललितपुरका डिफेन्डर ओमोलाजा करिम आजको‌ खेलमा हुनेछैनन् । ३ पहिलो कार्डका कारण उनी निलम्बनमा छन् ।

काठमाडौंले पनि २ महत्वपूर्ण खेलाडी विना खेल्नु पर्नेछ । लिग चरणमा अहम भूमिका खेलेका मिडफिल्डर तोजिदिनोभ कोमिवन ३ पहेँलो र डिफेन्डर अमित तामाङले पछिल्लो खेलमा रातो कार्ड पाएका कारण निलम्बनमा छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.