default_image

2 years ago

December 27, 2023

लिभरपुल पुनः शीर्ष स्थानमा

940 views

0 Bookmark

एजेन्सी – लिभरपुल पुन: इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।

लिभरपुलले मंगलबार रेलिगेसन क्षेत्रमा रहेको बर्नलीलाई २ – ० ले हराउँदै लिभरपुल पहिलो स्थानमा उक्लिएको हो ।

लिभरपुललाई जित दिलाउन डार्विन नुनेज र डिएगो जोटाले गोल गरेका थिए।

बर्नलीको मैदानमा लिभरपुलले खेल सुरु छैटौं मिनेटमै अग्रता लिएको थियो। नुनेजले कोडी गाक्पोको पासमा गोल गरेका हुन् ।

खेलको अन्तिम मिनेटमा जोटाले गोल गरेसँगै लिभरपुलको जित निश्चित भएको थियो। १९ खेलमा लिभरपुलको ४२ पुगेको छ ।

एक खेल कम खेलेको आर्सनलको ४० अंक छ । १९ औं स्थानमा रहेको बर्नलीको ११ अंक छ । 

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.