default_image

7 months ago

December 28, 2023

प्रिमियर लिगमा चेल्सीलाई सफलता

961 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर परिवर्तित खेलाडी नोनी माडुकेले पेनाल्टीमा गोल गरेपछि प्रिमियर लिगमा बुधबार चेल्सीले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ।

खेल सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीमा माडुकेले गोलमा परिणत गरेपछि चेल्सी घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा लगातार तेस्रो जितमा निकाल्न सफल भएको हो ।

चेल्सीले प्रिमियर लिगमा अहिलेसम्म कै आफ्नो युवा टोलीलाई पहिलो रोजाईमा उतारेको थियो। टोलीका खेलाडीको औसत उमेर २३ वर्ष २१ दिन रहेको थियो।

प्यालेसले आत्मविश्वासी सुरुवात गरेपनि चेल्सीले १३ औं मिनेटमा मेखाइलो मुड्रेकको गोलमा अग्रता लिएको थियो। मालो गुस्तोको लो क्रसमा मुड्रेकले लिगमा तेस्रो गोल गरेका थिए।

मुड्रेक दोस्रो गोलको नजिक पुगेका थिए। तर हेन्डसनले सफल हुन दिएनन्। खेलमा चेल्सीले पकड बनाएपनि प्यालेसले पहिलो हाफमा इन्ज्युरी समयमा बराबरी गोल गरेको थियो। जोर्डन एवीको पासलाई नियन्त्रणमा लिदै मिचेल ओलिसेले गोल गरेका थिए।

७६ औं मिनेटमा चेल्सीका निकोलस ज्याकसनको गोल भिएआरमार्फत अफसाइड देखिएका कारण अमान्य गरिएको थियो।

अन्त्यतिर भिएआर रिभ्यूबाटै चेल्सीले पाएको पेनाल्टीलाई गोल गर्दै जित हासिल गर्यो। इजेले आफूलाई फाउल गरेका कारण प्राप्त पेनाल्टीलाई माडुकेले गोल गरेका थिए। २५ अंकका साथ चेल्सी १०औं स्थानमा यथावत छ ।

८ खेलयता जित निकाल्न नसकेको प्यालेस १८ अंकसहित १५ औं स्थानमा छ। लिगको अन्य खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ र उल्भ्सले बेनफोर्डलाई ४-१ ले हराएको थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.