default_image

2 years ago

December 28, 2023

प्रिमियर लिगमा चेल्सीलाई सफलता

1057 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर परिवर्तित खेलाडी नोनी माडुकेले पेनाल्टीमा गोल गरेपछि प्रिमियर लिगमा बुधबार चेल्सीले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ।

खेल सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीमा माडुकेले गोलमा परिणत गरेपछि चेल्सी घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा लगातार तेस्रो जितमा निकाल्न सफल भएको हो ।

चेल्सीले प्रिमियर लिगमा अहिलेसम्म कै आफ्नो युवा टोलीलाई पहिलो रोजाईमा उतारेको थियो। टोलीका खेलाडीको औसत उमेर २३ वर्ष २१ दिन रहेको थियो।

प्यालेसले आत्मविश्वासी सुरुवात गरेपनि चेल्सीले १३ औं मिनेटमा मेखाइलो मुड्रेकको गोलमा अग्रता लिएको थियो। मालो गुस्तोको लो क्रसमा मुड्रेकले लिगमा तेस्रो गोल गरेका थिए।

मुड्रेक दोस्रो गोलको नजिक पुगेका थिए। तर हेन्डसनले सफल हुन दिएनन्। खेलमा चेल्सीले पकड बनाएपनि प्यालेसले पहिलो हाफमा इन्ज्युरी समयमा बराबरी गोल गरेको थियो। जोर्डन एवीको पासलाई नियन्त्रणमा लिदै मिचेल ओलिसेले गोल गरेका थिए।

७६ औं मिनेटमा चेल्सीका निकोलस ज्याकसनको गोल भिएआरमार्फत अफसाइड देखिएका कारण अमान्य गरिएको थियो।

अन्त्यतिर भिएआर रिभ्यूबाटै चेल्सीले पाएको पेनाल्टीलाई गोल गर्दै जित हासिल गर्यो। इजेले आफूलाई फाउल गरेका कारण प्राप्त पेनाल्टीलाई माडुकेले गोल गरेका थिए। २५ अंकका साथ चेल्सी १०औं स्थानमा यथावत छ ।

८ खेलयता जित निकाल्न नसकेको प्यालेस १८ अंकसहित १५ औं स्थानमा छ। लिगको अन्य खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ र उल्भ्सले बेनफोर्डलाई ४-१ ले हराएको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.