2 years ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत आज उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् ।
उपाधिका साथसाथै आयोजकले व्यक्तिगत विधाका पुरस्कार राशिहरू पनि सार्वजनिक गरिसकेका छन् । यस संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । लिगको प्रदर्शन हेर्दा उत्कृष्ट खेलाडीका दावेदारीमा निम्नअनुसार खेलाडी रहेका छन् ।
अनन्त तामाङ

अनन्त तामाङको कप्तानीमा उत्रिएको ललितपुर सिटीको यसपटकको अभियानमा उतारचढाव आएका छन् । आक्रमणमा गोल गर्न संघर्ष गरेपनि अनन्तले आफ्नो डिफेन्सलाई राम्रो नेतृत्व दिएका छन् । उनी जुन टोलीबाट खेल्छन्, त्यस टोलीका लागि धेरै नै महत्त्वपूर्ण बन्ने गर्छन । टोलीको मुख्य डिफेन्डर रहेपनि उनले कार्ड पाएका छैनन् ।
ललितपुरका मार्की उनले अहिलेसम्म १० खेलको सबै समय खेल्दै ४ क्लिन सिट समेत राखेका छन् । सेट पिसमा विपक्षीका लागि खतरा बन्ने गरेका उनले ललितपुरका लागि एक गोल गरेका छन् । उनले दुइ खेलको म्यान अफ द म्याच अवार्ड समेत जितेका छन् ।
देवेन्द्र तामाङ

धनगढी एफसी देवेन्द्र तामाङले पनि आफ्नो टोलीले खेलेका नौ खेलको प्रत्येक मिनेट खेलेका छन् । उनले यो सिजन अझै पहेंलो कार्ड पाएका छैनन् ।
धनगढीका लागि निर्णायक रहँदै उनले तीनवटा क्लिन सिट राखेका छन् भने एक गोल पनि गरेका छन् । धनगढीले उनलाई कम मूल्यमा पाएकोमा भाग्यमानी भए पनि टोलीका लागि उनको महत्व निकै उच्च रहेको छ ।
अहमद हिजाजी

सिजन अघि धनगढी एफसीका लागि अहमद हिजाजी धेरै ढिलो आइपुगे । तर धनगढीको फाइनल पुग्नको लागि उनी निकै महत्त्वपूर्ण रहेका छन् । उनले अहिलेसम्म खेलेका नौ खेलमध्ये आठ खेलमा सुरुवात गरेका छन् र तीन गोल र एक असिस्ट गरेका छन् । धनगढीका लागि उनको महत्व उनको गोल र असिस्ट बाहेक उनको कार्यदरले गर्दा समेत रहेको छ ।
आयुष घलान

नेपाली फुटबलमा आयुष घलान भन्ने नाम बाट अपरिचित सायदै कोहि छ होला । पोखराका मार्की खेलाडी उनले यस पटक जादुमय खेल पस्किएका छन् । पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहन आयुषको निकै महत्त्वपूर्ण भूमिका रहेको थियो । उनले पोखराले यस सिजन खेलेको १० खेल मध्य ८ खेल सुरुवात गर्दै २ गोल र १ असिस्ट गरेका थिए । आयुषले पनि दुइ खेलको म्यान अफ द म्याच अवार्ड जितेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]