9 years ago
January 25, 2017
पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र आयोजक साहारा क्लब भिड्दै छन्।

गतवर्ष पनि सेमिफाइनलमानै यी दुइ टोलीको भेट भएको थियो र उक्त खेल आर्मीले २-०को गोलअन्तरले जितेको थियो। यसअघी सन् २०१३को सेमिफाइनलमा भने साहाराले आर्मीलाई टाइब्रेकरमा ४-२को अन्तरले पराजित गरेको थियो।
प्रतिष्ठित आहा! रारा गोल्डकपको उपाधि पहिलोपल्ट जित्ने सुरमा रहेको आर्मीले यसअघि क्वार्टरफाइनलमा झापा एघारलाई २-०ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। साहाराले भने युनाईटेड सिक्किम एफ.सी.लाई टाइब्रेकरमा हराउदै सेमिफाइनलमा स्थान बनाएको थियो।
खेल दिनको २:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]