default_image

1 year ago

January 10, 2024

तिम्सिना गोलकिपिङ ‘ए’ लाइसेन्स पाउने पहिलो नेपाली

1102 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली गोलकिपिङ प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बनेका छन् । तिम्सिनाले मलेसियाली फुटबल एसोसिएसनले आयोजना गरेको कोर्समा लाइसेन्स हासिल गरेका हुन् ।

तीन वर्षदेखि आइलिग क्लब गोकुलम केरलाको गोलकिपिङ प्रशिक्षक रहेका तिम्सिनाले लाइसेन्स हासिल गरेपछि हाम्रो खेलकुदसँग कुरा गर्दै आफ्नो खुशी व्यक्त गरे । तिम्सिनाले यो आफ्नो करियरको भर्खर सुरुआत भएको बताउॅदै आफू व्यावसायिक जीवनमा प्रवेश गरेको अनुभूति बताएका छन् ।

‘यो मेरो करियरको सुरुवातसॅगै व्यावसायिक करियरमा प्रवेश गरेजस्तो लाग्छ’, तिम्सिनाले भने. ‘यो सबैभन्दा शीर्ष गोलकिपिङ लाइसेन्स हो । म यो लाइसेन्स लिएर संसारको जुनसुकै ठाउँमा काम गर्न सक्छु ।’

थप भावुक हॅुदै तिम्सिनाले यस उपलब्धि उनको एक्लो नभई सम्पूर्ण नेपालीले पनि फुटबल जगतमा राम्रो गर्न सक्ने बताए ।

‘यो मात्र मेरो उपलब्धि होइन, यो मेरो देशको उपलब्धि हो । म जहाँ जान्छु, जे पनि हासिल गर्छु, सबै हासिल गर्ने एक नेपाली हो । सबैले म भित्र नेपाली झण्डा देख्छन् । यसले नेपालीहरूले फुटबलमा ठूला कुराहरू पनि हासिल गर्न सक्छन् भन्ने देखाउँछ ।’

मलेसियालाई यो लाइसेन्स प्राप्त गर्न गाह्रो ठाउँ मानिन्छ । र लाइसेन्स त्यहाँ पाउँदा आफूलाई निकै खुसी लागेको उनी बताउँछन् ।

यो लाइसेन्ससँगै तिम्सिनाले एशियाका ठूला लिग र ठूला टोलीमा काम गर्ने लक्ष्य राखेको बताउछन् । ‘मैले भारतमा तीन वर्ष सफलतापूर्वक काम गरेको छु जुन अहिले एशियामा धेरै ठूलो फुटबल बजार हो’, उनी भन्छन् ।

‘अब यो लाइसेन्सका साथ म एशियाका ठूला लिगहरूमा ठूला क्लबहरूमा काम गर्न योग्य भएको छु । आउने दिनमा थप ज्ञान प्राप्त गर्ने लक्ष्य राखेको छु ।’

यो लाइसेन्ससँगै तिम्सिनाले नेपालको गोलकिपिङको अवस्थाबारे केही विचार समेत व्यक्त गरे । तिम्सिनाले भर्खरै सम्पन्न नेपाल सुपर लिगले नेपालले युवा र गोलकिपिङको जगमा कत्तिको काम गर्नुपर्छ भन्ने देखाएको बताए । थप, उनले एन्फाले पनि शीर्ष लाइसेन्स गोलकिपिङ प्रशिक्षक ल्याउन जोड गर्नु पर्ने बताए ।

‘एन्फाले नेपालमा प्रो लाइसेन्स प्रशिक्षक ल्याउँदा राष्ट्रिय टोलीका लागि शीर्ष लाइसेन्स गोलकिपिङ प्रशिक्षक पनि ल्याउनुपर्छ,’उनले भने ।

‘भर्खरै सम्पन्न भएको एनएसएल ले हामीलाई गोलकिपिङ विभागमा युवा र जगमा कसरी काम गर्न आवश्यक छ भनेर देखाएको छ। त्यहाँ धेरै पहिलो रोजाइका विदेशी गोलकिपरहरू थिए जसले विभिन्न टोलीमा आए र नेपाली गोलकिपरहरूलाई बेन्चमा राखे।’

उनले थपे, ‘यसबाट हामी यस विभागमा कति गम्भीर हुनुपर्छ भन्ने देखाउँछ। गोलकिपिङलाई आधुनिकीकरण गरिएको छ । यसमा हामी थप गम्भीर हुन जरुरी छ ।’

तिम्सिना हाल कलिंगा सुपर कपका लागि गोकुलम केरलासँग भारतको ओडिशामा छन् र उपाधि जित्ने लक्ष्य राख्छन् । ‘हामीले भर्खरै आईएसएल टोलीहरू विरुद्ध डुरान्ड कप र अन्य प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गरेका छौं। हामीसँग गुणस्तरीय खेलाडी छन्, गुणस्तरीय स्टाफ छन् । हामी शीर्ष स्तरको प्रतियोगिता खेलिरहेका छौं र हामी उपाधिका लागि लड्नेछौं’, उनले भने ।

एन्फाको धरान एकेडेमीका गोलकिपर प्रशिक्षकका रुपमा कार्यरत ३३ वर्षे तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट खेले । आइ लिग टोलीमा कुनै पनि प्रशिक्षकका रुपमा आबद्ध भएका उनी पहिलो नेपाली हुन् । पूर्वाञ्चलबाट पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका तिम्सिना दश वर्षयता प्रशिक्षणमा सामेल छन् । विराटनगरका उनले साफ यू १५ मा नेपाली टोलीको गोलकिपर प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

January 21, 2025

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

Success

Thank you for your time.