1 year ago
January 13, 2024
एजेन्सी – अष्ट्रेलियाले जितका साथ एएफसी एसियन कप फुटबल प्रतियोगिताको सुरुवात गरेको छ । एसियाको सबै भन्दा ठूलो प्रतिस्पर्धाका रुपमा रहेको एसियन कपमा शनिबार अष्ट्रेलियाले भारतलाई २–० ले हरायो ।
टोलीको जितमा ज्याक्सन इर्भिन र जोर्डन बोसले गोल गरे । कतारमा शुक्रबार सुरु भएको प्रतियोगिताको अष्ट्रेलिया र भारतबीचको खेल बिन अली रंगशालामा भएको थियो । समूह बीको उक्त खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो ।
इर्भिनले ५०औं मिनेटमा पहिलो गोल गरे । बोसले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अन्तरलाई बढाए । हिजो भएको उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३–० ले हराएको थियो ।
समूह ‘ए’ को खेलमा साँझ ८ः१५ बजे चीन र पहिलो पटक छनोट भएको ताजिकिस्तान भिड्ने छन् । राति ११ः१५ बजे समूह समूह बीको उक्त खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो ।मा रहेका सिरिया र उज्बेकिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]