default_image

12 months ago

January 17, 2024

ओमानविरुद्ध साउदीको नाटकीय जित

2630 views

0 Bookmark

एजेन्सी – अन्तिम समयको गोलसँगै साउदी अरेबियाले एएफसी एसियन कपमा ओमान विरुद्ध नाटकीय जित निकालेको छ ।

गत वर्ष विश्वकपमा अर्जेन्टिना माथि जित निकाल्दै सनसनी रचेको साउदीले मंगलबार १-० ले पछि पारेको अवस्था उल्ट्याउँदै २-१ को जित निकालेको हो ।

१-१ को बराबरीमा उन्मुख खेलको इन्ज्युरी समयको छैठौं मिनेटमा अर्को गोल गर्दै साउदीले सनसनीपूर्ण जित निकालेको थियो।

अलि अल-बुलाहीको हेडर गोलले भिडियो असिस्टेन्ट रेफ्रीको जाँच पछि मान्यता पाएको थियो । उता रेफ्रीको इशारा नबुझेपछि साउदीको गोलले मान्यता नभएको बुझेर ओमानी खेलाडी खुसी साट्न थालेका थिए । त्यसपछि पनि रेफ्रीले साउदीको गोल इशारामा गरेका दिए ।

कतारको अल-रायन स्थित खलिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा साउदीले सिर्जना गरेको अवसरहरुको सदुपयोग गर्न नसक्दा खेलमा पकड बनाउन सकेन ।

१४ औं मिनेटमा साउदी खेलमा पछि परेको थियो । साउदीको खराब कर्नर पछिको काउन्टरमा हसन अल-तम्बाक्टीले मुहसेन अल-घसानीलाई बक्समा लडाएपछि ओमानले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै सलाह अल-याहयैले ओमानलाई अग्रता दिलाएका थिए ।

खेलमा पछि परेपछि लगातार आक्रमण गरेको साउदीलाई विफल पार्न ओमानले अनुशासित रक्षात्मक प्रदर्शन गरेको थियो ।

दोस्रो हाफमा साउदीले सुधारिएको प्रदर्शन गरेको थियो । केही अवसर खेर फालेपछि ७८औं मिनेटमा अब्दुलरहमान घरिबले ४ डिफेन्डरलाई छक्याएर सानदार गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।

समूह ‘एफ’मा साउदी र त्यसअघि मंगलबार नै जित कीर्गिस्तान विरुद्धको २-० को जित निकालेको थाइल्यान्डको समान ३ अंक छ । साउदी र ओमानको खेलसँगै एसियन कपमा पहिलो चरणका खेल सकिएको छन् ।

एसियन कपमा बुधबार समूह ए का २ खेल हुँदैछन् । साँझ ५:१५ बजे लेबनान र चीन तथा साँझ ८:१५ बजे हुने घरेलु टोली कतार र ताजिकिस्तानबीच खेल हुनेछ।
पहिलो खेलमा कतारले लेबनानलाई ३-० ले हराएको थियो भने चीन र ताजिकिस्तानले गोलरहित बराबरी खेलेका थिए ।

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

Success

Thank you for your time.