default_image

2 years ago

January 20, 2024

आहा रारा पोखरा गोल्ड कप– थ्री स्टार र सहाराबीच उद्घाटन खेल हुने

749 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र ए डिभिजन टोली थ्री स्टार क्लबबीच हुने भएको छ ।

माघ ९ गते सुरु हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागिय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३ औं सस्करणको फाइनल माघ २० गते हुनेछ ।

गत वर्ष फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई हराउँदै संकटाले उपाधि जितेको थियो । त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।

पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंङकंङका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग रहेको छ।

प्रतियोगिताको अफिसियल बैंक– लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स –बुद्ध एयर रहँदै आएका छन् । उत्कृष्ट ५ विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्राजोजन गरिएको छ ।

राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा यु. के. द्वारा सौजन्य हुने प्रतियोगितामा डेढ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । २३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

२३औ आहा!रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० खेल तालिका

माघ ९ गते – सहारा क्लब पोखराविरुद्ध थ्री स्टार क्लब
माघ १० गते – त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध राइजिङ स्टार फुटबल क्लब
माघ ११ गते – मछिन्द्र क्लबविरुद्ध जावलाखेल युथ क्लब
माघ १२ गते – नेपाल एपिएफ फुटबल क्लबविरुद्ध नेपाल पुलिस क्लब
क्वाटर फाइनल
माघ १३ गते – पारो फुटबल क्लब भुटानविरुद्ध ९ गतेको विजेता
माघ १४ गते – संकटा क्लबविरुद्ध १० गतेको विजेता
माघ १५ गते – मनाङ मस्र्याङ्दी क्लबविरुद्ध ११ गतेको विजेता
माघ १६ गते – चर्ज व्वाईज युनाइटेड फुटबल क्लबविरुद्ध १२ गतेको विजेता
पहिलो सेमिफाइनल
माघ १७ गते – १३ गते को विजेताविरुद्ध १५ गतेको विजेता
दोस्रो सेमिफाइनल
माघ १८ गते – १४ गतेको विजेताविरुद्ध १६ गतेको विजेता
फाइनल
माघ २० गते – १७ र १८ गतेको विजेता

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.