default_image

2 years ago

January 20, 2024

एनआरएनए इलाम गोल्डकप आज सुरु हुँदै

306 views

0 Bookmark

दिपक बोहोरा, इलाम

इलाम आजबाट फुटबलमय हुँदैछ । २०७६ पछि इलाममा फुटबल फर्किएको छ । एनआरएनए इलाम गोल्ड कप फुटबल प्रतियोगिता आज (शनिबार) सुरु हुँदैछ । यसले इलाम फुटबलमय हुने अपेक्षा गरिएको छ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता हुनेछ ।

रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र भारत दार्जिलिङको मानेभञ्ज्याङ (एमएफसी) बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब बुटवल लुम्बिनी एफसी, पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक र मानेभञ्ज्याङले प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटनका लागि ठूलो टुँडिखेल सिँगारिएको छ । खेलमैदान मर्मत, बाँसको अस्थायी प्यारापिट निर्माणलगायत सबै तयारी पूरा भएको आयोजक क्लबका सचिव प्रकाश घिमिरेले बताए । उद्घाटन समारोहमा भ्वाइस् अफ् नेपाल सिजन ५ विजेता इलामे विनोद राई र इलामकै गायक यम बरालको प्रस्तुति रहने छ ।

प्रतियोेगिताको पहिलो चरणका लागि १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको सचिव घिमिरेले जनाए । गैरआवासीय नेपाली ( एनआरएन) ले प्रतियोगितालाई प्रायोजन गरेको छ ।

माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.