default_image

6 months ago

January 20, 2024

एनआरएनए इलाम गोल्डकप आज सुरु हुँदै

221 views

0 Bookmark

दिपक बोहोरा, इलाम

इलाम आजबाट फुटबलमय हुँदैछ । २०७६ पछि इलाममा फुटबल फर्किएको छ । एनआरएनए इलाम गोल्ड कप फुटबल प्रतियोगिता आज (शनिबार) सुरु हुँदैछ । यसले इलाम फुटबलमय हुने अपेक्षा गरिएको छ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता हुनेछ ।

रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र भारत दार्जिलिङको मानेभञ्ज्याङ (एमएफसी) बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब बुटवल लुम्बिनी एफसी, पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक र मानेभञ्ज्याङले प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटनका लागि ठूलो टुँडिखेल सिँगारिएको छ । खेलमैदान मर्मत, बाँसको अस्थायी प्यारापिट निर्माणलगायत सबै तयारी पूरा भएको आयोजक क्लबका सचिव प्रकाश घिमिरेले बताए । उद्घाटन समारोहमा भ्वाइस् अफ् नेपाल सिजन ५ विजेता इलामे विनोद राई र इलामकै गायक यम बरालको प्रस्तुति रहने छ ।

प्रतियोेगिताको पहिलो चरणका लागि १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको सचिव घिमिरेले जनाए । गैरआवासीय नेपाली ( एनआरएन) ले प्रतियोगितालाई प्रायोजन गरेको छ ।

माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.