default_image

9 months ago

January 21, 2024

रियल म्याड्रिडको नाटकीय पुनरागमन

1497 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा शनिबार नाटकीय जित दर्ता गरेको छ । २–० ले पछि परेको अवस्था उल्टाउने क्रममा इन्ज्युरी समयको नवौं मिनेटमा गोल गर्दै रियलले अल्मेरियालाई ३–२ हराएको हो ।

रियलको जितमा जुड बेलिङ्घम, भिनीसियस जुनियर र ड्यानी कार्भाजालले समान १ गोल गरे । रियल खेलको पहिलो मिनेटमा नै पछि परेको थियो । लार्जी रामाजानीले गोल गर्दै यो सिजन जित विहिन अल्मेरीयालाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा एडगर गोन्जालेजले बक्स बाहिरबाट सानदार गोल गर्दै अग्रता दोब्बर बनाए ।

मध्यान्तरमा २ गोलले पछि परेको रियलले दोस्रो हाफमा भने पुनरागमन जित निकाल्यो । ५७औं मिनेटमा बेलिङ्घमले पेनाल्टी मार्फत गोल गर्दै अन्तर कम गराएका थिए । बक्समा अल्मेरियाका खेलाडीको ह्यान्डबल भएपछि रियलले पेनाल्टी पाएको थियो ।
६१औं मिनेटमा सर्जी आरिबासले अल्मेरियाका लागि तेस्रो गोल गरेका थिए । तर गोल गर्ने क्रममा फाउल भएपछि गोल भिडियो असिस्टेन्ट रेफ्रीले रद्द गरेका थिए ।

६७औं मिनेटमा रियलले बराबरी गोल गर्यो । भिनिसियसले गरेको सो गोल पनि विवादास्पद रह्यो । सो गोल सुरुवातमा उनले हातले गरेको भनी रेफ्रीले मान्य गरेका थिएनन् । तर भिएआरको सहायतामा रेफ्रीले आफ्नो निर्णय उल्ट्याउँदै रियललाई गोल दिएका थिए ।

रियलको तेस्रो गोल भने इन्ज्युरी समयको नवौं मिनेटमा आएको थियो । ११ मिनेट थपिएको अवस्थामा बेलिङ्घमको असिस्टमा कार्भाजालले गोल गर्दै रियलका लागि ३ अंक हासिल गरेका थिए ।

जितपछि रियल २० खेलमा ५१ अंक सहित पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको जिरोनाको समान २० खेलमा ५० अंक रहेको छ । २१ खेलमा कुनै जित दर्ता गर्न नसकेको अल्मेरिया भने ६ अंक सहित पुछारमा छ ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.