default_image

2 years ago

January 22, 2024

लिभरपुलको सानदार जित

794 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार रातिको‌ खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले बर्नमाउथ माथि ४-० को फराकिलो जित हासिल गरेको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २ गोल गरे। पहिलो हाफमा धेरै अवसर सिर्जना गरेपनि गोल गर्न नसकेको लिभरपुलले सबै गोल दोस्रो हाफमा गर्यो ।

४९औं मिनेटमा नुुनेजले पहिलो गोल गरे । जोटाको पासमा उनले तल्लो कर्नरमा सटिक प्रहार गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए ।

७०औं मिनेटमा जोटाले दोस्रो गोल गरे । काेडी गाक्पोको रपासमा जोटाले पोस्टको नजिकबाट बायाँ खुट्टाले गरेको प्रहारले गोलमा परिणत भयो।

त्यसको नौं मिनेट पछि जोटाले नै अर्को गोल थपे । उनले कनर ब्राडलीको पासमा गरेको पहिलो प्रहार ब्लक भएपछि प्रहार गोलमा परिणत भयो । चौथो गोल इन्ज्युरी समयको तेस्रो मिनेटमा नुनेजले नै गरे ।

जित पछि लिभरपुलले पहिलो स्थानमा ५ अंकको अग्रता बनाएको छ । लिभरपुलको २१ खेलमा ४८ अंक छ भने एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४३ अंक छ । बर्नमाउथ २० खेलमा २५ अंकसहित १२औं स्थानमा छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.