default_image

9 months ago

January 22, 2024

लिभरपुलको सानदार जित

713 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार रातिको‌ खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले बर्नमाउथ माथि ४-० को फराकिलो जित हासिल गरेको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २ गोल गरे। पहिलो हाफमा धेरै अवसर सिर्जना गरेपनि गोल गर्न नसकेको लिभरपुलले सबै गोल दोस्रो हाफमा गर्यो ।

४९औं मिनेटमा नुुनेजले पहिलो गोल गरे । जोटाको पासमा उनले तल्लो कर्नरमा सटिक प्रहार गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए ।

७०औं मिनेटमा जोटाले दोस्रो गोल गरे । काेडी गाक्पोको रपासमा जोटाले पोस्टको नजिकबाट बायाँ खुट्टाले गरेको प्रहारले गोलमा परिणत भयो।

त्यसको नौं मिनेट पछि जोटाले नै अर्को गोल थपे । उनले कनर ब्राडलीको पासमा गरेको पहिलो प्रहार ब्लक भएपछि प्रहार गोलमा परिणत भयो । चौथो गोल इन्ज्युरी समयको तेस्रो मिनेटमा नुनेजले नै गरे ।

जित पछि लिभरपुलले पहिलो स्थानमा ५ अंकको अग्रता बनाएको छ । लिभरपुलको २१ खेलमा ४८ अंक छ भने एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४३ अंक छ । बर्नमाउथ २० खेलमा २५ अंकसहित १२औं स्थानमा छ ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.