2 years ago
January 22, 2024
एजेन्सी – फेरान टोरेसको ह्याट्रिक मद्दतले क्याटलान बार्सिलोनाले स्पेनिस लालिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल बेटिसमाथि सानदार जित हात पारेको छ ।
४–२ को जित निकाल्ने क्रममा बार्सिलोनाका लागि फेरानले ह्याट्रिक गर्दा जोआओ फेलिक्सले एक गोल गरे । सुरुवातमा दुई गोलको अग्रता लिएको बार्सिलोना बीचमा लय गुमाउँदै दुई गोल खान पुगेको थियो ।
तर खेलको अन्त्यतिर पुनः दुई गोल गर्दै बार्सिलोनाले जित सुनिश्चित गर्यो । २१औं मिनेटमा फेरानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पेड्रीको पासमा सहज रूपमा गोल गर्दै उनले अग्रता दिलाएका थिए ।
४८औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरे । लामिन यमालको क्रस पोस्टमा लागेर फर्किएपछि उनले सहजै बललाई जालिमा हालेका थिए ।
तर त्यसपछि बार्सिलोनाले चार मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो । दुवै गोल पूर्व रियल म्याड्रिडका खेलाडी इस्कोले गरेका थिए ।
५६औं मिनेटमा बक्सको दायाँ तर्फबाट आएको क्रसमा गोलरक्षक इनाकी पेना र डिफेन्डर रोनाल्ड आराउजोको तालमेल नमिल्दा बल सिधै इस्कोको खुट्टामा पुगेको थियो । उनले बलमा पहिलो पटक मै राम्रो सम्पर्क बनाउँदै गोल गरेका थिए ।
५९औं मिनेटमा उनले बराबरी गोल गरे । लुइज हर्नान्डेजको क्रसमा उत्कृष्ट फिनिश गर्दै उनले व्यक्तिगत दोस्रो र टिमको पनि दोस्रो गोल गरेका थिए ।
तर ९०औं मिनेटमा फेलिक्सले गोल गर्दै खेल बार्सिलोना तर्फ ढल्काए । फेरानकै पासमा ट्रिभेला प्रहारले उत्कृष्ट गोल गर्दै उनले पुनः बार्सिलोनाका लागि अग्रता दिलाए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा खेल अवधिभर उत्कृष्ट खेल खेलेका यमालको सानदार पासमा गोलकिपर रुइ सिल्भा माथि बल चिप गरेका व्यक्तिगत तेस्रो गोल गर्दै फेरानले ह्याट्रिक पूरा गर्दै जित समेत सुनिश्चित गरे ।
जित पछि बार्सिलोना २० खेलमा ४४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको जिरोनाको २१ खेलबाट ५२ अंक तथा दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५१ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]