default_image

6 months ago

January 22, 2024

एन्फाको लेखा परिक्षणको जिम्मेवारी दुई अलग कम्पनीलाई

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले दुई आर्थिक वर्षका लागि अलग अलग दुई कम्पनीलाई लेखा परिक्षणको जिम्मेवारी दिएको छ ।

एन्फाको सोमबार बसेको विशेष साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि एलएसपी एसोसिएट्स र २०८०/८१ का लागि एएनएस एसोसिएट्सलाई नियुक्त गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

त्यस्तै आजै विहान बसेको एन्फा केन्द्रिय समितिको आकष्मिक बैठकले विजय घलेलाई एन्फा सहायक महासचिवमा नियुक्त गरेको छ । यसअघि सोही पदमा रहेका बसन्त अर्यालाई हटाएर त्यसमा घलेलाई नियुक्त गरेको हो ।

‘कार्यसमितिको अधिकार क्षेत्र भित्र रहेकोले बसन्त अर्याललाई हटाएर त्यसमा विजय घलेलाई नियुक्त गरिएको छ,’ विशेष साधारण सभापछिको पत्रकार सम्मेलनमा शाहले भने,‘उहाँलाई उपयुक्त समयमा अर्को जिम्मेवारी दिने विषयमा छलफल हुनेछ । ’

सोही बैठकले सोमबारको विशेष साधारण सभाका लागि ४३ लाख ३० हजार २ सय रुपैयाँ अनुमानित खर्च हुने निर्णय गरेको प्रवक्ता शाहले जानकारी दिए ।

अढाई महिनाको अन्तरमा दोस्रो पटक एन्फाको विशेष साधारण सभा बसकेको थियो । यसअघि अध्यक्ष पंकज नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावको निर्णयका लागि कात्तिक २३ गते हेटौंडमा विशेष साधारण सभा भएको थियो । त्यो सभाले अविश्वासको प्रस्तावलाई विफल पारेको थियो ।

एन्फाको नियमित साधारण सभा भने फागुन १४ गतेका लागि यसअघि पुस २ गतेको कार्यसमितिको बैठकले नै निर्णय गरेको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.