2 years ago
January 24, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – राजेन्द्र तामाङ नेपाल महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । तामाङको नियुक्ति अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो ।
एन्फाका महासचिव किरण राईले कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेखु र पेमा डोल्मा लामाको उपस्थितिमा मुख्य प्रशिक्षक तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
थ्री स्टार क्लबबाट ए डिभिजन लिग विजेता, नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लबका पुर्व मुख्य प्रशिक्षक तामाङले यसै वर्ष साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपका लागि टोलीको प्रशिक्षण गर्ने छन् । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ । प्रतियोगितामा नेपाली टोली आमन्त्रित टोलीमध्ये एक हुनेछ । तामाङले प्रतियोगिताअघि बन्द प्रशिक्षणका लागि ४० सदस्यीय प्रारम्भिक टोली बोलाइसकेका छन् ।
सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धर र गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर नियुक्त भएका छन् । वृन्दा दिवान टोलीको व्यवस्थापक रहनेछिन् ।
वाफ महिला च्याम्पियनसिप पश्चिम एशियाली फुटबल महासंघद्वारा आयोजित प्रतियोगिता हो । जोर्डन, लेबनान, इराक, प्यालेस्टाइन, साउदी अरेबिया, सिरिया र गुआम यसअघि नै सहभागी हुने पक्का भइसकेको छ । गुआमपछि नेपाल दोस्रो आमन्त्रित टोली हुनेछ । गुआम पूर्वी एसियाली फुटबल महासंघ (ईएएफएफ) को सदस्य हो ।
प्रारम्भिक नेपाली टोली:
एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अञ्जना राना मगर (गोलकिपर), उषा नाथ (गोलकिपर), सपना राई (गोलकिपर), कविता विक (गोलकिपर), अमृता जैशी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर , समिक्षा घिमिरे, अन्चली वाइवा, विमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्द्रा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दिपा न्यौपाने, मोनिका पुलामी मगर. अनुष्का शेर्पा, अन्जली मचामसी, सपना थेबे, मनमाया दमाइ, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइवा, रेबिका पाण्डे, कुमारी ठोकर
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]