default_image

6 months ago

January 25, 2024

बिर्तामोड युनाइटेड इलाम गोल्डकपको फाइनलमा

293 views

0 Bookmark

दिपक बोहरा, इलाम

पाँचथर फुटबल क्लब लाई हराउँदै झापाको बिर्तामोड युनाइटेड क्लब प्रथम एनआरएनए इलाम गोल्डकपमा फाइनलमा पुगेको छ ।

बिहीबार ठुलो टुँडिखेलमा भएको खेलमा टाइब्रेकरमा पाँचथरलाई हराउँदै उपाधि नजिक पुगेको छ । बिर्तामोडले पाँचथरलाई ४–२ ले हराएको थियो । निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा टुंगिएको थियो ।

टाइब्रेकरमा पाँचथरका साइमन लिम्बु र सुदीप श्रेष्ठले गोल गरे । अशोक खवासको प्रहारलाई बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले रोके । विजु भुजेल र अशोक खवासले गोल गर्न सनेनन् ।

बिर्तामोडका एन्जल गुरुङ, दिवस उराव, रोहन कार्की र प्रदिप बुढाथोकीले गोल गरेका थिए । विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षकले रोकेका थिए । खेलको म्यान अफ द म्याच विजेता विर्तामोडका सञ्जित राई घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

बिर्तामोडले अब शनिबार काठमाडौँ न्यू रोड टिम (एनआरटी)सँग फाइनल खेल्नेछ । रेडहर्स एफसीले आयोजना गरेको गोल्ड कपको विजेता उपाधि ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.