default_image

9 months ago

January 29, 2024

युएईलाई स्तब्ध पार्दै ताजिकिस्तान एसियन कपको क्वार्टरफाइनलमा

1187 views

0 Bookmark

एजेन्सी – बलियो मानिएको युएई विरुद्ध पेनाल्टी शूटआउटमा जित दर्ता गर्दै पहिलो पटक एसियन कप खेलिरहेको ताजिकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ताजिकिस्तानले टाईब्रेकरमा ५-३ को जित निकालेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकर तर्फ धकेलिएको थियो ।

ताजिकिस्तानले खेलमा डिफेन्डर भाहदात हानोनोभको गोलमार्फत ३०औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा पुग्यो ।

इन्ज्युरी समयको पाँचौं मिनेटमा अलि सलेहको पासमा खलिफा अल हम्मादीले बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएका थियो । अतिरिक्त समयमा भने गोल भएन।

कायो कनेडोको पेनाल्टी ताजिकिस्तान गोलरक्षक रुस्तम यातिमोभले बचाएका थिए । अन्य सबै पेनाल्टी गोलमा परिणत भएका थिए । तर सो पेनाल्टी बचाउका साथ ताजिकिस्तान ५-३ ले विजयी भयो ।

ताजिकिस्तानले अब क्वार्टरफाइनलमा इराक र जोर्डन बीचको विजेता विरुद्ध खेल्ने छ । इराक र जोर्डन बीचको खेल आज ५:१५ बजे हुँदै छ । अर्को खेलमा आज नै ९:४५ बजे घरेलु टोली कतार र प्यालेस्टाइन भिड्ने छन् ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.