default_image

9 months ago

January 30, 2024

चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा

1033 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड क्लब आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा समिर तामाङको गोलमा नेपाल पुलिस क्लबलाई मंगलबार १-० ले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो।

७३ औं मिनेटमा पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र विकबीच तालमेल नमिल्दा समिरले त्यसको फाइदा उठाउँदै गोल गरेका थिए। त्यहि गोल खेलको निर्णायक बन्यो।

गत वर्ष पनि सर्वाधिक ६ पटकको च्याम्पियनसिप पुलिस क्वाटरफाइनलमा चर्च ब्वाइजसँग २-१ ले पराजित भएको थियो।

यसअघि थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब सेमिफाइनल पुगिसकेका छन् ।
चर्च ब्वाइजले माघ १८ गते आर्मीसँग सेमिफाइनल खेल्ने छ ।

पहिलो सेमिफाइनलमा बुधबार थ्री स्टार क्लब र जावलाखेलबीच हुनेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.