default_image

6 months ago

January 31, 2024

साफबाट नियुक्त रेफ्री एन्फाको कारण विमानस्थलबाटै फिर्ता

3404 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा यसै साता सुरु हुने साफ यू-१९ च्याम्पियनसिपका लागि रेफ्रीमा नियुक्त भएकी राधिका शाक्य अखिल नेपाल फुटबल संघ (एन्फा) को कारण विमानस्थलबाटै फर्कनुपरेको छ ।

प्रतियोगिताका लागि नेपालको यू-१९ महिला टोलीसँग नेपालका दुई रेफ्री पनि बंगलादेश जाने कार्यक्रम थियो । यसका लागि फिफा रेफ्री अन्जना राई र सहायक रेफ्री राधिका शाक्य नेपालबाट नियुक्त भएका थिए । एन्फाले दुई दिनअघि नेपाली टोलीको बिदाइ गर्ने क्रममा राई र शाक्यलाई बिदाइ पनि गरेको थियो । तर भिसा र टिकट पक्का भइसकेको अवस्थामा शाक्य भने बुधबार बिहान विमानस्थल पुगेर फर्कनुपरेको छ ।

शाक्यसँग साफबाट नियुक्ति आएको पत्र, भिसा र टिकट लगायत सम्पूर्ण कागजात भएपनि साफ यू१९ महिला च्याम्पियनसिपका लागि बंगलादेश जान पाइनन् । एन्फाले अन्तिम समयमा उनको नियुक्ति नै रद्द गरिदिएको विमानस्थल पुगेपछि मात्र शाक्यले थाहा पाइन् । उनले एन्फाबाट भने यसको जानकारी पाएकी छैनन् । विमानस्थल पुगेर एन्फाकै एक कर्मचारीबाट उनको नियुक्ति रद्द भएको शाक्यले थाहा पाइन् ।

‘साफबाट नियुक्ति आएको थियो । भिसा र टिकट पनि भएपछि आज बिहान बंगलादेश जान विमानस्थल पुगें । तर त्यहाँ पुगेपछि मेरो नियुक्ति रद्द भइसकेको थाहा भयो । एन्फाले अहिलेसम्म अधिकारिक जानकारी दिएको छैन । यस्तो अवस्था सामना गर्नुपर्यो, के भन्ने थाहा छैन,’ रेफ्री शाक्यले हाम्रो खेलकुदलाई भनिन् ।

एन्फा महसचिव किरण राईले भने यो विषयमा आफू भर्खर थाहा पाएको बताए। ‘मैले पनि भर्खर थाहा पाए । के भएको रहेछ बुझ्दैछु ,’ राईले भने ।

एन्फाले झन्डै १ वर्षअघि उपाध्यक्ष विराटजंग शाहीलाई पनि फिफा कांग्रेस जाने समयमा विमानस्थलबाट फर्काएको थियो । यसबारे शाहीले पत्रकार सम्मेलन गर्दै ४० वर्षको फुटबल करिअरमा यस्तो अपमान नभोगेको बताएका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.