default_image

4 weeks ago

January 31, 2024

बंगलादेशलाई नेपालको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १ सय ७० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १ बल बाँकी हुँदा अलआउट हुँदै १ सय ६९ रन जोड्यो । नेपालका लागि मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । […]

1488 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १ सय ७० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १ बल बाँकी हुँदा अलआउट हुँदै १ सय ६९ रन जोड्यो । नेपालका लागि मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । १ सय बलको सामना गर्दै ६ चौका प्रहार गरेका विशाल ४३ औं ओभरमा आठौं विकेटको रुपमा आउट भएका थिए ।

खराब सुरुवात गरेको नेपाललाई विशाल र कप्तान देव खनालको साझेदारीले उकासेको थियो । विपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।

त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । आठौं ओभरको पाँचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।

अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए । तर चौथो विकेटका लागि विशाल र देवले ६२ रनको साझेदारी गरे ।

देव ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । जिशन आलमको बलमा उनी कभरमा क्याच भएका थिए । त्यसपछि विशालले एकतर्फ रन जोड्दा अर्कोतर्फ लगातार विकेट खसेपछि नेपालको इनिङले गति लिन सकेन ।

गुलशन झा, दिपक बोहोरा र दीपेश कँडेल समान ३-३ रनमा आउट भए । आकाश चन्द पहिलो बलमै एलबीडब्लू धरापमा परे । सुभाष भण्डारीले ३४ बलमा १८ रनको योगदान दिए । दुर्गेश गुप्ताले १ बल बाँकी रहँदा क्याचआउट हुनुअघि १४ बलमा १ छक्कासहित ९ रन जोडे ।

बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३-३ विकेट लिए । इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १-१ विकेट हात पारे ।

February 25, 2024

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यू रोड टिम (एनआरटी) राष्ट्रिय युवा संघद्वारा आयोजित केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार भएको पहिलो खेलमा थ्री स्टार क्लब माथि १-० को जित निकाल्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो । एनआरटीको जितमा विवेक गुरुङले एकमात्र गोल गरे । खेलमा धेरै अवसरहरु सिर्जना नभएपनि […]

February 25, 2024

बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिश क्लब बार्सिलोनाको गएराती सम्पन्न लालिगा अन्तर्गतको खेलमा सानदार जित हात पारेको छ । बार्सिलोनाले गेटाफे माथि ४-० को फराकिलो जित निकालेको हो । धेरै समयपछि खेलमा उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोनाले चार गोल गर्न पुग्यो । खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । जुल्स कुन्डेले आफ्नै हाफबाट खेलेको […]

February 25, 2024

म्यानचेस्टर सिटी र आर्सनलको‌ जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् । सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ । उनले २४ औं मिनेटमा गोल गरे । आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो। काइ हाभार्टले […]

Success

Thank you for your time.