default_image

6 months ago

February 1, 2024

सिटीको जितमा अल्भारेजको २ गोल

1198 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी भएको छ । बुधबारको खेलमा सिटीले बर्नलीलाई ३–१ गोलले पराजित गरेको हो । 

घरेलु इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेजले २ र रोड्रीले १ गोल गरेका थिए । अमेन अल दखिलले बर्नलीका लागि १ गोल‌‌ फर्काए।

१६औं मिनेटमा म्याथेस नुनेजको पासमा अल्वारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । अल्भारेजले केभिन डी ब्रुएनाको पासमा २२ औं मिनेटमा अर्को गोल गरे।

दोस्रो हाफको पहिलो मिनेटमै रोड्रीले गोल गर्दै टोलीलाई‌ थप‌ बलियो बनाए । इन्जुरी समयको तेस्रो मिनेटमा अमेन अल दखिलले गोल गरे। जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छ भने बर्नली १९ औं स्थानमा छ ।

July 17, 2024

रियलले भित्र्याउन खोजेको योरो युनाइटेड जाने

एजेन्सी – रियल म्याड्रिडले भित्र्याउन खोजेको फ्रेन्च डिफेन्डर लेनी याेरो म्यानचेस्टर युनाइटेड जाने लगभग पक्का भएको छ । विभिन्न युरोपेली सञ्चार माध्यमका अनुसार १८ वर्षीय योरो युनाइटेड जाने भएका हुन् । रियलले योरोका लागि करिब २० मिलियन युरोको प्रस्ताव गरेको थियो । अर्कोतर्फ युनाइटेडले ५० मिलियन युरो भन्दा बढीको प्रस्ताव गर्यो जुन रियलको भन्दा निकै […]

July 17, 2024

‘द ब्यूटीफुल गेम’ भित्रका कुरुप शब्दहरु

सन्जोग चाम्लिङ राई गुगलमा ‘द ब्यूटीफुल गेम’ टाइप गरी खोज्नु भयो भने त्यसले फुटबलसँग सम्बन्धित विभिन्न लेख र चित्रतर्फ तपाईंलाई डोर्याउँछ । यही नाम गरेको फिल्म पनि नेटफ्लिक्समा पाईन्छ, जसको विषय फुटबल नै हो । फुटबललाई ‘द ब्यूटीफुल गेम’ भनेर नै विश्वभर भन्ने गरे पछि गुगलले त भन्ने नै भयो । यो बुझाईमा विश्वव्यापी सहमति […]

July 16, 2024

मनाङ मर्स्याङ्दी र मछिन्द्रको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेका छन् । मंगलबार भएको दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले संकटा क्लब विरुद्ध १-० को जित हात पारेको हो । मनाङ मर्स्याङ्दीका लागि विशाल चन्दले ४०औं मिनेटमा एकमात्र गोल गरे । दिनको दोस्रो खेलमा मछिन्द्रले त्रिभुवन आर्मीका क्लबलाई […]

Success

Thank you for your time.