default_image

2 years ago

February 3, 2024

अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा

2146 views

0 Bookmark

एजेन्सी – बलियो प्रतिद्वन्दी अष्ट्रेलिया माथि अतिरिक्त समयमा जित हासिल गर्दै दक्षिण कोरिया कतारमा जारी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । १० जनामा समिति अष्ट्रेलिया माथि दक्षिण कोरियाले २-१ को जित निकाल्न सफल भएको हो ।

खेलमा दक्षिण कोरियाले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको थियो । तर सुरुवातमा दक्षिण कोरियाले अग्रता लिएपनि गोल भने रद्द हुन पुग्यो । ३१औं मिनेटमा योङ-वु सियोलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड भएका कारण सो गोल रद्द गरेका थिए ।

४१औं मिनेटमा अष्ट्रेलियाले खेलमा अग्रता लिन सफल भयो । एटकिन्सनको क्रसमा क्रेज गुडविनले भली प्रहारमा गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

तर दक्षिण कोरियाले पुनः नाटकीय रूपमा खेलमा बराबरी गर्यो । प्रि-क्वाटरफाइनलमा साउदी अरेबिया विरुद्ध इन्ज्युरी समयमा बराबरी गर्दै टाईब्रेकरमा जित हासिल गरेको कोरियाले पुनः इन्ज्युरी समयमा बराबरी गोल गरेको थियो ।

इन्ज्युरी समयको पाँचौं मिनेटमा कप्तान सन ह्यूङ मिनले जितेको पेनाल्टीमा ह्वांग हि-चानले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याई अतिरिक्त समयमा धकेलेको थिए ।

अतिरिक्त समयको १३औं मिनेटमा कोरियाले अग्रता लियो । कप्तान सनले उत्कृष्ट फ्रिकिक प्रहारमा गोल गर्दै कोरियालाई अग्रता दिलाए ।

अतिरिक्त समयको पहिलो हाफको अन्त्यतिर एइडन ओ’निलले रातो कार्ड पाएपछि अष्ट्रेलिया १० जनामा सिमित भएको थियो । त्यसपछि पनि कोरियाले अवसरहरू सिर्जना गरेपनि थप गोल भने गर्न सकेन ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डन विरुद्ध खेल्ने छ । जोर्डनले शुक्रबार नै ताजिकिस्तान विरुद्ध जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

शनिबार बाँकी दुई क्वाटरफाइनल खेल हुने छन् । साँझ ५:१५ बजे हुने खेलमा इरान र जापान भिड्ने छन् । यस्तै राति ९:१५ बजे घरेलु टोली कतार र उज्बेकिस्तानबीच खेल हुनेछ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.