11 months ago
February 3, 2024
एजेन्सी – उपाधि दावेदार टोली जापानमाथि नाटकीय जित दर्ता गर्दै इरान कतारमा जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको तेस्रो क्वाटरफाइनल खेलमा इरानले जापान माथि २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो ।
खेलमा जापानले सुरुवाती अग्रता लिएको थियो । खेलको २८औं मिनेटमा हिडेमासा मोरिटाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको ५५औं मिनेटमा इरानले खेलमा बराबरी गोल गर्यो । सरदार आजमुनको असिस्टमा मोहम्मद मोहेबिले गोल गर्दै खेल बराबरीमा ल्याए ।
१-१ कै अवस्थामा अतिरिक्त समयमा धकेलिएको खेलमा इन्ज्युरी समयमा इरानले पेनाल्टी मार्फत गोल गर्दै जित हासिल गर्ने अवसर प्राप्त गर्यो । को इटाकुराले बक्स भित्रबाट फाउल गरेपछि इरानले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अलिरेजा जाहानबक्सले गोल गर्दै इरानको अन्तिम चारमा स्थान सुरक्षित गरे ।
इरानले अब सेमिफाइनलमा कतार र उज्बेकिस्तान बीचको खेलको विजेता विरुद्ध खेल्ने छ । सो क्वाटरफाइनल खेल आज ९:१५ बजे हुने छ ।
दक्षिण कोरिया र जोर्डन आ-आफ्नो खेलमा जित दर्ता गर्दै अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।
January 13, 2025
एजेन्सी – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस लिगमा बार्सिलोनाले रियललाई ४-० ले पराजित गरेको थियो । बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको समान १ गोल […]
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]