default_image

9 months ago

February 5, 2024

मेस्सीको अनुपस्तिथिका कारण समर्थक आक्रोशित

708 views

0 Bookmark

एजेन्सी – हङकङमा इन्टर मियामीको प्रि-सिजन टुर अन्तर्गत हङकङ ११ विरुद्धको खेलमा लियोनल मेस्सीको अनुपस्थितिले समर्थकहरुमा आक्रोश छाएको छ । ग्लोबल सुपरस्टार मेस्सीले चोटका कारण पुरै खेल बेन्चमा बिताएपछि समर्थकहरु आक्रोशित भएका हुन् ।

हङकङको स्टेडियममा भएको सो खेलको ४०,००० टिकट बिक्री सुरु भएको एक घण्टा भित्रै  बिकेको थियो । तर मेस्सीको खेल हेर्ने समर्थकहरुको चाहना उनको चोटका कारण अधुरो रह्यो । विश्व कप विजेता मेस्सीले अघिल्लो दिन खुला प्रशिक्षण सत्रमा भने भाग लिएका थिए तर मियामीले हङकङ ११ विरुद्ध उनलाई मैदानमा उतार्ने जोखिम लिएन ।

फ्रन्चाइजका अध्यक्ष र सह-मालिक बेकह्यामले खेलपछि समर्थकहरुलाई अभिवादन गर्दै मियामीले हङकङ इलेभेनलाई ४-१ ले विजयी भयेपचि उनीहरूको ‘अविश्वसनीय स्वागत’को लागि धन्यवाद समेत दिएका थिए । हङकङका आक्रोशित समर्थकहरुले भने बेकह्याम माथि आक्रोश पोख्दै मेस्सीको खेल हेर्नका लागि किनेको टिकटको मुल्य फिर्ताको माग समेत गरे । मेस्सीले खेलमा भाग नलिएमा कुनै रकम फिर्ता हुने छैन भनी टिकट खरिद गर्दा प्रशंसकहरूलाई स्पष्ट भने गरिएको थियो। 

जित पछि, इन्टर मियामीका मुख्य प्रशिक्षक जेरार्डो मार्टिनोले माफी गर्दै कुनै सम्भावना रहेको भए मेस्सीलाई मैदान उतार्ने सोच रहेको बताए ।  “यदि हामीसँग उनले केही समय खेल्न सक्ने सम्भावना थियो भने हामीले त्यसो गर्ने थियौं । तर त्यसो गर्न गम्भिर जोखिम मोल्नुपर्ने हुन्थ्यो र त्यसै यो निर्णय लिएका हौं”, मार्टिनोले भने । 

यसबारे हङकङको खेलकुद मन्त्रालयले समेत स्पष्टीकरण मागेको छ । सोमबार पत्रकार सम्मेलनमा हङकङका संस्कृति, खेलकुद तथा पर्यटन सचिव केभिन येउङले खेल आयोजकसँगको सरकारको आर्थिक सहयोग सम्झौतामा सुरक्षा वा स्वास्थ्यको चिन्ता नभएसम्म मेस्सीले कम्तिमा ४५ मिनेट मैदानमा खेल्नुपर्ने रहेको बताएका छन् ।

गत हप्ता, मेस्सी क्रिस्टियानो रोनाल्डोको अल नासर विरुद्धको खेलको अन्त्यतिर आएका थिए। मेस्सी मैदान प्रवेश गर्दा मियामी ६-० ले पछि परेको थियो । इन्टर मियामीले बुधबार जापानमा भिसेल कोबेसँग खेल्दै आफ्नो एसियाली भ्रमणको समापन गर्नेछ । 

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.