2 years ago
February 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबल प्रतियोगिताको क्यालेन्डर निकाल्न असफल अखिल नेपाल फुटबल संघ (एन्फा) ले तेस्रो अब साधारण सभाको नाममा साधारण सभामा उपस्थित हुने प्रतिनिधिबीच फुटबल प्रतियोगिता गर्ने भएको छ ।
फागुन १४ गते हुने नियमित साधारण सभाको अघिल्लो दिन फागुन १३ गते प्रतिनिधिहरु सम्मलित टिमबीच ‘एजिएम कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसका लागि एन्फा महासचिव किरण राईले बुधबार एन्फा आबद्धका ए,बी, सी डिभिजन क्लब, ४८ जिल्ला फुटबल संघ, एन्फाको रेफ्री, प्रशिक्षक, खेलाडी, महिला संघ, राष्ट्रिय लिगका लागि छनोट भएका खेलाडी, सात वटा प्रदेश संघ , एन्फा कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पत्रचार गरेको छन् ।
पत्रमा प्रतिनिधिको सहभागिता रहने नरहने खुलाई जर्सीको साइज फागुन ४ गते सम्म उपलब्ध गराउन भनिएको गरेको छ ।
एन्फाले प्रतियोगिताका नाममा यो वर्ष ए डिभिजन लिग र यू १६ लिग बाहेक कुनै गर्न सकेको छैन । तर सौखका लागि भने तेस्रो मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ ।
केहि साता अघि मात्र केपी ओली कपको आयोजक राष्ट्रिय युवासँग मैत्रीपूर्ण खेल खेलेको थियो । झण्डै ११ महिना अघि एन्फाले च्यासल फुटबल रंगशालाको पुनः उद्घाटनका क्रममा पनि मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसबाहेक एन्फाले पत्रकारसँग पनि वार्षिक रुपमा जसो मैत्रीपूर्ण खेल खेल्ने गरेको छ ।
आपसी सम्बन्ध विस्तारका लागि फरक संस्थासँग केहि अवसरमा मैत्रीपूर्ण खेल खेल्नुलाई स्वभाविक मान्न सकिन्छ तर व्यवासायिक फुटबल गराउन नसक्ने एन्फाले आफ्नै प्रतिनिधिबीच ‘एजिएम कप’ नाम दिएर प्रतियोगिता खेलाउने तयारी गर्दा आलोचना भएको छ ।
एन्फाले आफैं फुटबल गतिविधि गर्न नसकेको अवस्थामा जिम्मेवार प्रतिनिधि नै मैदानमा प्रतियोगिताको नाम दिएर उत्रंदा एन्फाको यो कदमप्रति कतिपय प्रतिनिधिहरुले नै सामाजिक सन्जालमा आलोचना गरेका छन् ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]