default_image

6 months ago

February 7, 2024

नेपालयको जित

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी महानिरक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको पहिलो दिन नेपालय पब्लिक इंग्लिस स्कुल जोरपाटी विजयी भएको छ ।

नेपाल एपिएफ स्कुल कीर्तिपुरको मैदानमा भएको खेलमा नेपालयले हारती शिक्षा मन्दिर सितापाइलालाई ५–० ले हराएको छ । सन्देश गौडेल, रणविर तामाङल समान २ गोल गरे । एक गोल आत्मघाती भएको थियो । नेपालयका चेङ्गा लामा म्यान अफ दी घोषित भए ।
ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र जेम्स स्कुल, धापाखेल बीच भएको लिग चरणको खेलमा १–१ बराबरीमा टुंगिएको थियो । ग्रिन भिलेजका प्रत्युष हमाल र जेम्सका जोयल लामा गोल गरे । जेम्सका आशिष पाण्डे म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा शुक्रबार ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर र लिटिल एन्जल्स स्कुल, हात्तिबन तथा नेपाल पुलिस स्कुल, सागाँ र काव्या स्कुल, बुद्धनगरबीच हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.