2 years ago
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१९ महिला च्याम्पियनसिपमा बिहीबार भारत र बंगलादेश दुबै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको छ।
पेनाल्टी सुटआउटपछि रेफ्रीको विवादास्पद निर्णयका कारण केही तनावग्रस्त अवस्था बनेको खेलमा सुरुवातमा भारतलाई विजेता घोषणा गरिएको थियो । तर केही समयपछि निर्णय उल्ट्याउँदै दुबै टोलीलाई विजेता घोषणा गरिएको हो ।
निर्धारित ९० मिनेट १-१ को बराबरी र त्यसपछि टाइब्रेकर र सडन डेथमा ११ खेलाडीको प्रहारमा पनि बराबर भएपछि खेलको नतिजा क्वाइन टसमार्फत भएको थियो । भारतले क्वाइन टस जित्दै उपाधि जितेको घोषणा भएको थियो । तर बंगलादेशको टोली भने नतिजाको विरोध गर्दै मैदान छोड्न मानेन । निकै समय पछि म्याच कमिस्नरले सो निर्णय रद्द गर्दै दुबै टोलीले उपाधि जितेको घोषणा गरेका हुन् ।

बिहीबार साँझ भएको फाइनलमा पाहुना टोली भारतले अग्रता लिएको थियो । नितु लिन्डाले आठौं मिनेटमा गोल गर्दै भारतलाई अघि बढाएकी थिइन् । तर खेलको अन्तिम समयमा बंगलादेशले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा पुग्यो । दुबै टोलीले टाइब्रेकरमा बराबर गरेपछि खेलको निर्णय क्वाइन टसमा लिइएको थियो ।
नेपाली रेफ्री अन्जना राईले गरेको टसमा भारत विजयी भएपछि उपाधि भारतले जितेको हो । तर असन्तुष्ट बंगलादेशले भने खेल सकिएको धेरै समय बितिसक्दा पनि मैदान छोड्न नमानेपछि निर्णय बदलिएको थियो।
नेपाल भने प्रतियोगिताको समूह चरणबाट बाहिरिसकेको थियो । नेपालले समूह चरणमा भुटानलाई १-० ले हराउँदा भारत र बंगलादेशसँग भने पराजित भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]