default_image

6 months ago

February 9, 2024

सोहनको गोलमा राई स्कुलको जित

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा शुक्रबार लिग चरणका खेलमा नक्सालको राई स्कुल, मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम र कीर्तिपुरको नेपाल एपीएफ स्कुल (ए) विजयी भएका छन्।

सोहन श्रेष्ठको गोलमा राई स्कुलले सितापाइलाको हारती शिक्षा मन्दिरलाई १-० ले हरायो। राई‌ स्कुलका आर्यनजंग थापा म्यान अफ दि म्याच घोषित भए।

जोतिषबहादुर शाहीले ४ गोल गरेको‌ खेलमा ब्राइट होराइजनले कलंकीको नेपालय हाइयर सेकेण्डरी स्कुललाई ८-० ले पराजित गरेको छ । विजयी टोलीका चक्र मन्याल २, विनोद गुरुङ र प्रभाष शाहीले समान १ गोल गरे। विजयी स्कुलका चक्र मन्याल म्यान अफ दि म्याच चुनिए।

तेस्रो खेलमा एपिएफले चोभारको मोर्डन इन्डियन स्कुललाई ३-० ले हरायो । एपिएफका तेन्जिङ शेर्पा-२ र रोहित गोलले १ गोल गरे । तेन्जिङ म्यान अफ दि म्याच चुनिए।

प्रतियोगितामा शनिबार सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारी र ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर , पुष्पसदन स्कुल र लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुर तथा राई स्कुल नक्साल र नेपालय पब्लिक ईङ्गलिस स्कुल जोरपाटीबीचको खेल हुनेछ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.