default_image

9 months ago

February 10, 2024

नेपाली युवा टोलीको चिनियाँ टोली विरुद्ध फराकिलो जित 

4630 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले युशु युवा टोलीलाई ५-१ ले पराजित गरेको छ । सांस्कृतिक कार्यक्रम पश्चात सुरु भएको खेलमा नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीले एक-एक गोल गरे । 

सुरुवाती समय देखि नै आक्रामक देखिएको नेपाली टोली पाहुना टोलीमाथि हावी हुन पुग्यो । खेलको पहिलो मौका भने युशुलाई गएको थियो । तर त्यसलगत्तै अर्कोतर्फ नेपालले अग्रता बनाउन सफल भयो ।      

पहिलो मिनेटमा नै युशुका वुझोउ निमाले बललाई जालिमा हालेका थिए तर रेफ्रीले अफसाइड दिएपछि गोल मान्य भएन । तर दोस्रो मिनेटमा नै नेपालले अग्रता लिन सफल भयो । आयुष घलानले लेफ्ट विङमा एक डिफेन्डर छक्याएर खेलेको क्रसमा सन्जीव विष्टले हेडर मार्फत गोल गर्दै खेलमा नेपाली युवा टोलीले अग्रता लिएको थियो ।

पाँचौं मिनेटमा नेपाल अग्रता दोब्बर बनाउनबाट चुक्यो । तर उत्सव राईको क्रस आयुषको केही माथिबाट बाहिरिन पुग्यो ।

आठौं मिनेटमा युशुका डान्झोउ जियाङकाईको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरियो । १२औं मिनेटमा आयुषकै क्रसमा लाकेन लिम्बूको हेडर पोस्टको थोरै टाढाबाट बाहिरियो । फारपोस्टमा छिरिङ लामाले बललाई पोस्ट तर्फ प्रहार गर्ने प्रयास गरेका थिए तर बलमा सम्पर्क बनाउन सकेनन् ।

२७औं मिनेटमा आयुषकै फ्रिकिकमा लाकेनको हेडर पुनः पोस्टतर्फ जान सकेन । दुई मिनेट पछि समिर तामाङले बायाँ फ्लान्कमा रन बनाएर खेलेको क्रसमा सन्जीवले पोस्टतर्फ प्रहार गर्न सकेनन् । ३५औं मिनेटमा मनिष डाँगीको प्रहार युशुका गोलरक्षक दान्जेङ निछिले सहजै समाते ।  

३९औ मिनेटमा नेपाली टोलीले अग्रता दोब्बर बनायो । छिरिङ लामाको क्रसमा समिर तामाङको क्लोज-रेञ्ज हेडरले युशुका गोलरक्षकलाई बिट गरेको थियो । त्यसपछि पनि नेपालले लगातार आक्रमण बुनिरहेको थियो । ४५औ मिनेटमा सुमितको लङ-रेञ्ज प्रहार क्रसबारमा लागेर पोस्टमाथिबाट बाहिरियो । 

४७औ मिनेटमा छिरिङको क्रसमा सन्जीबको हेडर पोस्ट माथिबाट बाहिरियो । ५४औ मिनेटमा नेपाली टोलीले तेस्रो गोल गर्न सफल रह्यो । बक्सको दाँयापट्टिबाट सन्जीबको क्रसमा फारपोस्टमा खालि रहेका समिरले हेदर मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता तीन गोलको बनाए ।

६३औ मिनेटमा छिरिङ नेपालका लागि चौथो गोल गर्न सफल भए । उत्सब राईको क्रसमा आयुषको हेडर प्रयासमा गोलकिपरले बल पन्च गरेपछि छिरिङले बक्सको छेउबाट सहजै बललाई पोस्टको दिशा देखाएका थिए ।   

७३औ मिनेटमा छिरिङको हेडर प्रयास गोललाइन बाट क्लियर हुन पुग्यो । त्यसको अर्को मिनेटमा सुमित श्रेष्ठको क्रसमा समिरले हेडरमा सम्पर्क गर्न नासकेपचु निराजन धामीले बललाई सिक्स-यार्ड लाइनबाट सहजै गोल गरे । 

७८औ मिनेटमा युशु टोलीले एक गोल फर्कायो । जिउमेइ वेनजियाङको लामो बलमा झा छिको प्रहार पोस्टमा लागेर  फर्किएपछि झाछी पेंगकुओले सहजै गोल गरेर पाँच गोलले पछि परेको अवस्थाबाट चार गोलमा झार्दै सान्त्वना गोल गरे ।  

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.