default_image

6 months ago

February 11, 2024

रियल शीर्षस्थानमा थप मजबुत

1059 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिबार जिरोनामाथि सानदार जित निकाल्दै शीर्षस्थानमा थप मजबुत बनेको‌छ ।

जुड बेलिंघमले २ गोल गरेको‌ खेलमा रियल ४-० ले विजयी भएको थियो। भिनिसियस जुनियर र रोड्रिगोले समान १ गोल गरेका थिए।

पहिलो गोल जुनियरले छैंटौं मिनेटमा गरेका थिए। बेलिंघमले ३५ औां र ५४ औं मिनेटमा गोल गरेका थिए। रोड्रिगोले ६१ औं मिनेटमा गोल गरेपछि टोली सहजै जित निकालेको थियो।

जितसँगै रियलको २४ खेलमा ६१ पुगेको छ ।जिरोना ५६ अंकसहित दोस्रो स्थानमा छ।

अन्य खेलमा ओसासुनाले रियल सोसिडाडलाई १–० ले र लास पाल्मासले भ्यालेन्सियालाई २–० ले हरायो । एलाभेस र भिल्लारियलले १–१ को बराबरीमा खेलका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.