default_image

9 years ago

January 29, 2017

महिला फुटबलको भविष्य कहाँ?

174 views

0 Bookmark

हाम्रो खेलकुद – नेपाली महिला राष्ट्रिय टोलीले भारतको सिलिगुडीमा आयोजित चौथो साफ महिला फुटबल च्याम्पिएनसिपमा सेमिफाइनलसम्मको यात्रा गरेर घर फर्कियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालको लागि सेमिफाइनलमा तगारो बनेको थियो, उहि पुरानो प्रतिद्वन्दि भारत जसलाई नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन।

nepal-national-womens-football-team

समग्रमा नेपाल र भारतले अहिलोसम्म खेलेका खेलहरुमा नेपालले एक बराबरी गरेको छ भने बाँकी सबैमा दोश्रो उत्कृष्ट टोलीमै चित्त बुझाउनु परेको छ। विगतमा फाइनलमा भेट हुने परम्परा भने यसपाली बंगलादेशले भारतलाई बराबरीमा रोकेपछि तोडियो। भारत र नेपाल सेमिफाइनलमा भेटेर नयाँ स्थिति सिर्जना भएपनि नतिजा भने परिवर्तन भएन र नेपाल पहिलोपटक दक्षिण एसियामा दोश्रो स्थानभन्दा तल्लो स्थानमा पुग्यो।

प्रतियोगितामा नेपालले सेमिफाइनलसम्मको मात्र यात्रा गरे पनि खेल स्तरमा भने पहिलाभन्दा धेरै सुधार गर्यो। सामान्यता लामो बल र शारिरक बलको बनबुतामा खेल खेल्ने नेपाली टोलीले यसपाली भने सटिक पास र बल पोसेसन राखेर खेल प्रस्तुत गर्यो। पहिलो खेलमा भुटानलाई ८-० र माल्दिभ्सलाई ९-०ले पराजित गर्यो। ४-२-३-१ संरचना अपनाएको नेपाली टोलीका लागि एक्ली फरवार्ड सावित्रा भण्डारी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता रहिन्। उनले चार खेलमा १२ गोल गर्दै आफुलाई दक्षिण एसियाको उत्कृष्टमध्य एक रहेको उदाहरण दिइन्।

sabitra-bhandari-4

कस्तो थियो तयारी?
नेपालले प्रतियोगिताको दुई महिनाअघि कुमार थापालाई महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो। खेलाडी जिवनबाट सन्यास लिएपछि फुटबलबाट टाढा रहेका थापाले यसै वर्ष सम्पन्न भएको एएफसी ए लाइसेन्स कोर्षमा उत्कृष्ट प्रदर्शन गरेपछि सो जिम्मेवारी पाएका थिए। महिला फुटबलको बारेमा केहि जानकारी नभएका थापाले एक सातालामो प्रधान सेनापति कपमा खेलाडीले गरेका प्रदर्शनका आधारमा ७२ खेलाडीलाई प्रशिक्षणमा बोलाए। सदाझैं विभागिय खेलाडीको बाहुल्यता रहेको प्रशिक्षणमा चार चरणमा छनोट गरिएको थियो।

पहिलो चरणमा ७२ जनालाई १०दिन प्रशिक्षण पश्चात उत्कृष्ट ४२ जनालाई राखियो। पुन: एक साता प्रशिक्षण गरेपछि प्रारम्भिक टोलीमा ३० खेलाडी अटाए। प्रतियोगिता सुरु हुनुभन्दा १०दिन अघि अन्तिम २०को नाम घोषणा गरिएको थियो।

नेपालले प्रतियोगिता खेल्न जानुअघि मलेसिया विरुद्ध एक अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्न मौका पायो। घरेलु मैदानमा यो नेपालको लागि पहिलो अन्तराष्ट्रिय खेल थियो। सो खेलमा नेपालले सावित्रा भण्डारीको एकमात्र गोलको मद्दतले १-०को जित दर्ता गर्यो। सो खेलमा ६ खेलाडीले डेब्यु गरेका थिए र प्रशिक्षक थापाको अनुसार सो खेलले प्रतियोगिताको लागि निकै सहयोग पुर्याएको थियो।

anita-basnet

अनिता बस्नेत बल कन्ट्रोल गर्दै ।

प्रतियोगिता पछि के भयो?
नेपाली टोली नेपाल फर्किएपछि महिला फुटबल पुन: पुरानै स्थिति, शुन्यप्राय स्थितिमा फर्किएको छ। भारतबाट फर्किएको दुई साता नबित्दै एएफसी महिला एसियन कप २०१८को छनोट चरणको ड्र सार्वजनिक भयो तर विडम्बना नेपालको नाम उक्त ड्रमा समावेश थिएन। एसियाली राष्ट्रहरुको लागि विश्वकप खेल्न एकमात्र ढोका रहेको एसियन कपमा नेपालको नाम नभएपछि सन् २०१९मा फ्रान्समा आयोजना हुने महिला विश्वकपमा नेपालको सम्भावना सुरु नभई अन्त्य भएको छ।

फिफा वरियतामा आफूभन्दा धेरै माथि रहेको मलेसियालाई सजिलै पराजित गरेको र साफमा गरेको उत्कृष्ट प्रदर्शनले गर्दा नेपालको महिला फुटबलले अन्तराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्ने लख काटिरहेको बेलामा यस्तो स्थिति सिर्जना हुँदा समर्थकहरु निराश बनेका छन्। अहिलेको युवी टोलीले आउने वर्षहरुमा प्रगति गर्दै जाने सपना देखिरहेको अवस्थामा खेल नै नहुने स्थितिले पक्कै पनि खेलाडीहरुको मनोबलमा पनि गिरावट आउन सक्छ।

during-training-session-4

अब के?
एसियन कप र विश्वकपको ढोका बन्द भएपनि नेपालको लागि साफ च्याम्पिएनसिपको अवसर भने खुल्लै छ। साफ महिला च्याम्पिएनसिपको पाँचौं संस्करणको आयोजना गर्ने जिम्मा पनि नेपालकै हात लाग्ने लगभग निश्चित छ। सन् २०१८मा गर्नुपर्ने प्रतियोगिताको लागि नेपाली टोलीले अहिलेदेखिनै तयारी थाल्न जरुरी छ। तिन पटकको उपविजेता रहेको नेपालले घरेलु मैदानमा उपाधिको स्वाद चाख्न मिहिनेत निकै गर्नुपर्छ।

दुई महिना अगाडी प्रशिक्षणको जिम्मेवारी पाएर पनि राम्रो टोली जोडेका कुमार थापालाई अझै केहि समयसम्म जिम्मेवारी दिएर पर्याप्त सुविधा दिने हो भने यस टोलीले राम्रो नतिजा ल्याउनेमा दुइमत नहोला। घरेलु लिग निकै कमजोर भएको र नयाँ खेलाडीहरुले स्थान लिइरहेको अवस्थामा वृहत लिग प्रतियोगिता गरेर खेलाडी एवं क्लबलाई उकास्नुको बिकल्प हाल महिला फुटबलसंग छैन।

अधिकांश खेलाडीहरु भर्खर २०औं बस्नत पार गर्दै गरेको यस टोलीले अर्को वर्ष हुने साफ च्याम्पियनसिपमा कस्तो पप्रदर्शन गर्ने हो, त्यसको लागि भने एन्फाले अहिलेबाट कस्तो कदम चाल्छ भन्नेमा निर्भर रहेको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.