1 year ago
February 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कीतिपुरको नेपाल एपिएफ स्कुल, सल्लाघारीको सैनिक आवासीय महाविद्यालय, कीर्तिपुरको लेबोरेटरी मावि र साँगा नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।
सैनिक महाविद्यालयले बुद्धनगरको काव्या स्कुललाई १४–० ले हरायो । सैनिकका डिग विजय शाही एक्लैले ९ गोल, दिपेश दुम्जानले २ रोहित श्रेष्ठ, समर्पण सुनार र अनुभवन पुरीले समान १ गोल गरेका थिए ।
लेबोरेटरीले कलंकीको नेपालय उच्चमाविलाई १०–० ले हरायो । लेबोरेटरीका विष्णु चन्दले ह्याट्रिक गरे भने एकराज दाहाल, रितिक फडेर र आर्यन थापाले समान २ तथा गोल गरेका थिए । १ गोल आत्मघाती भएको थियो ।
एपिएफ (ख) र ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थलाई टाइब्रेकरमा ४–३ले हरायो । निर्धारित समयसम्म १–१ को बराबरीपछि टाइब्रकेरमा एपिएफ विजयी भएको थियो ।
अन्तिम खेलमा पुलिस स्कुले हात्तिबनको लिटिल एन्जल्स स्कुललाई ४–२ गोल ले हरायो । पुलिसका राजु आर्जीले २ तथा मिजेश श्रेष्ठ र प्रशान्त मोक्तानले समान १ गोल गरेका थिए।
प्रतियोगितामा बुधबार मनकामना सेकेण्डरी स्कुल र जेम्स स्कुल बीच क्वाटफाइनल खेल हुनेछ ।
June 18, 2025
सुशील पन्त क्षेत्री,चितवन भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण शुक्रवार सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ सामुदायिक तथा […]
June 18, 2025
एजेन्सी – साविक विजेता लिभरपुलले २०२५–२६ प्रिमियर लिग सिजनको उद्घाटन खेलमा बर्नमाउथको सामना गर्नेछ। म्यानचेस्टर युनाइटेड र आर्सनलले एक अर्काको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्नेछन् । आर्ने स्लटको नेतृत्वमा पहिलो सिजनमै लिग उपाधि जितेको लिभरपुलले अगस्ट १५(साउन ३० गते) एनफिल्डमा नयाँ सिजनको उद्घाटन खेल खेल्दै आफ्नो उपाधि रक्षा यात्रा सुरु गर्नेछ। २०१६–१७ पछि पहिलोपटक […]
June 18, 2025
एजेन्सी – इटालियन टोली इन्टर मिलानले च्याम्पियन्स लिग फाइनल हारेको पहिलो खेलमै बुधवार विश्वकपको उद्घाटन खेलमा मेक्सिकन क्लब मोन्टेरेसँग १-१ को बराबरीमा खेलेको छ । अनुभवी स्पेनी स्टार सर्जियो रामोसले पहिलो हाफमा एक शानदार हेडरमार्फत मोन्टेरेका लागि गोल गरे ।इन्टरका लागि लउटारो मार्टिनेजले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काए। ४२औं मिनेटमा कार्लोस अगस्टोको पासमा सहज […]