default_image

2 years ago

February 17, 2024

साम्बा आज पिएसजीविरुद्ध नखेल्ने 

1521 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले सार्वजनिक गरेको स्क्वाडमा उनको नाम समावेश गरिएको छैन ।

यस खेल गत नोभेम्बर ४ मा खेल्ने तालिका रहेको थियो । तर भारी वर्षाका कारण म्याच रेफ्रीले पिच खेल्न नसकिने बताएपछि खेल स्थगित हुँदै आजको मितिमा सारिएको थियो । 

फ्रेन्च लिग नियम अनुसार स्थगित गरी पछि सारिएको खेलमा सोहि बेलासम्म दर्ता भएका खेलाडीहरु मात्र खेलाउन पाइन्छ । साम्बा गत जनवरीमा मात्र ग्वेंगाम्पमा पुगेकी थिइन् । सो मितिमा उनी लिगमा दर्ता नभएको कारण आज खेल्न पाउने छैनन् । 

यस्तै साम्बा नेपाली टोलीका लागि साउदी अरेबियामा हुने वाफ च्याम्पियनसिपमा सहभागिता जनाउन आज नै त्यसतर्फ प्रस्थान गर्ने छिन् । उनी आजको खेलमा उपस्थित भएर पेरिसबाट नै साउदीतर्फ प्रस्थान गर्ने छिन् । नेपाली टोली भने हिजो नै साउदीका लागि प्रस्थान गरिसकेको छ । 

साम्बाले हालसम्म ग्वेंगाम्पका लागि दुई खेल खेलेकी छन् । उनले फेब्रुअरी ३ मा बोर्डो विरुद्ध ७५औ मिनेटमा मैदान प्रवेश गरेर साम्बाले डेब्यु गरेकी थिइन् । बोर्डो विरुद्धको सो खेल १-१ को बराबरीमा सकिएको थियो । यस्तै गत शनिवार फ्लिउरी ९१ विरुद्ध पनि दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलको अन्तिम समयमा सहभागिता जनाएकी थिइन् । सो खेल ग्वेंगाम्पले ३-१ ले जितेको थियो । 

साम्बाले शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेकी छिन् । इजरायलको हापोएल रानानासँग फ्रान्सेली क्लबको सहमति भएपछि साम्बा फ्रान्सतर्फ प्रस्थान गरेकी थिइन् । युद्धका कारण इजरायल नफर्केकी साम्बाले त्यहाँ छोटो समयमा जमेको प्रभावले फ्रान्सको यात्रा सम्भव भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.