2 years ago
February 17, 2024
ललितपुर (हाम्रो खेलकुद )– अखिल नेपाल फुटबल संघ (एन्फा) मा गत वर्ष निर्वाचित नयाँ कार्यसमिति आएयता सबैभन्दा लामो बैठक यसपटक भएको छ । लगातार तीन दिनदेखि जारी कार्यसमिति बैठक आइतबार पनि चल्ने भएको छ ।
विविधसहित २९ वटा एजेण्डामध्ये शनिबार तेस्रो दिनको बैठक स्थगित हुँदा मात्र ३ वटा एजेण्डामा निर्णय हुन सकेको एक पदाधिकारीले बताए । फागुत १४ गतेका लागि तय वार्षिक साधारण सभाको बैठकका लाग प्रस्तावित बजेट संसोधनसहित पास गर्ने निर्णय भएको बताइएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को बार्षिक कार्यक्रमको बजेट असार मसान्तसम्म पास भएको छ । त्यसपछिका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा तयारी मुल समिति गठन भएको छ । समितिमा उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी (कुमार), दीपक खतिवडा र सदस्य रविन्द्र चन्द रहेका छन् ।
त्यस्तै सन् २०२४ मा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने विषयमा पनि कार्यसमितिले निर्णय भएको बताइएको छ । ती पदाधिकारीको अनुमानमा अझै केहि दिन बैठक चल्ने सम्भावना छ । अन्य एजेण्डा थप जटिल खालको रहेको उनको बुझाई छ ।
चौथो एजेण्डामा साधारण सभामा पेश गर्ने आर्थिक नियमावली र कार्यविधि संसोधन रहेको छ । जसमा महासचिवलाई ३० लाख रुपैयाँ सम्मको टेन्डर एकल निर्णयमा स्वीकृत दिने अधिकार दिनेलगायतका अन्य प्रस्ताव रहेको बुझिएको छ । त्यसमा केन्द्रिय समितिका पदाधिकारी र सदस्यले आपत्ती जनाउने सम्भावना रहेको बताइएको छ ।
त्यसअघि तेस्रो दिनको बैठकमा एन्फाले विगतमा सन्चालन गरेको धरान, च्यासल र महिला एकेडेमीका लाग बजेट छुट्याउन प्रस्ताव गरिएको र बुटवलको एकेडेमीका लागि बजेट प्रस्ताव नगरिएकोमा विवाद भएको थियो ।
बुटवलका लागि बजेट प्रस्ताव नगरेकोमा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले गम्भिर आपत्ती जनाउँदै बैठक छाडेर निस्केका थिए । रुपन्देहीका केसीले आफूसँग व्यक्तिगत पूर्वाग्रहका आधारमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले बजेट कटौती गरेको आरोप समेत लगाएका थिए ।
पछि बजेट तयार पार्ने कर्मचारीले बुटवलको बजेट राख्न छुटेको स्पष्टिकरण दिन खोजे पनि त्यसमा केसी सहमत भएनन् । केसीले यो मुख्य नेतृत्वकै कमजोरीका कारण कर्मचारीबाट जवाफ माग्नु पर्ने दिन आएको गुनासो गरेको ती पदाधिकारी बताए । केसीले बैठक छाडेपनि बुटवल एकेडेमीका लागि पनि बजेट छुट्याउनेमा सहमति बनेको बताइएको छ ।
फागुन १४ हुने एन्फा साधारण सभामा लाने प्रस्ताव टुंगो लगाउन केन्द्रीय समिति बैठक कहिले टुंगिने अनिश्चत अवस्था बनेको छ ।आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएकाले पनि अध्यक्ष नेम्वाङ विगतमा जस्तो बहुमतका आधारमा अघि बढ्न सकिरहेका छैनन् ।
लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको समाचार सार्वजनिक भएयता उपाध्यक्ष दावा लामा फुटबलका गतिविधिमा संलग्न छैनन् । तेस्रो दिनको बैठकमा पनि उनी उपस्थित भएनन् ।
जसका कारण बाँकी २० सदस्यीय केन्द्रीय समितिमा १०/१० को अवस्था रहेको देखिएको ती पदाधिकारीले बताए । साधारण सभाका लागि यो बैठकले एजेण्डालाई अन्तिम रुप दिनुपर्ने भएकाले पनि बैठकबाट प्रस्ताव पास गर्नुपर्ने बाध्यता नेम्वाङमाथि रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]