2 years ago
February 17, 2024
एजेन्सी – आर्सनलले शनिबार सम्पन्न इंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा सानदार जित दर्ता गरेको छ । आर्सनलले बर्नली माथि ५-० को फराकिलो जित निकालेको हो ।
आर्सनलको जितमा बुकायो साकाले दुई तथा मार्टिन ओडेगार्ड, लियान्द्रो ट्रोसार्ड र काइ हाभर्ट्जले एक एक गोल गरे ।
खेलको चौथो मिनेटमा नै गाब्रिएल मार्टीनेलीको पासमा गोल गर्दै ओडेगार्डले सुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा साकाले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।
साकाले दोस्रो हाफको दोस्रो मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता तीन गोल बनाए । त्यसपछि ६६औं र ७८औं मिनेटमा ट्रोसार्ड र हाभर्ट्जले गोल गर्दै स्कोलाइन पाँच गोलको बनाए ।
जित पछि आर्सनल २५ खेलमा ५५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको ५७ अंक छ ।
यस्तै सोही समयमा भएको खेलमा टोटेनहम वल्भस विरुद्ध २-१ ले पराजित भएको छ । वल्भसका लागि जोआओ गोमेसले दुई गोल गरे । टोटेनहमका लागि डूजान कुलुसेभ्सकिले एक गोल गरेका थिए ।
हार पछि टोटेनहम २५ खेलमा ४७ अंक सहित पाँच स्थानमा यथावत छ । वल्भस भने २५ खेलमा ३५ अंक सहित १४औं छ ।
शनिबार साँझ नै भएका खेलमा एस्टन भिल्लाले फुलह्यान माथि २-१ को जित दर्ता गर्दा नोटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई २-० ले हरायो । न्यूक्यासल युनाइटेड र बर्नमाउथले २-२ को बराबरी खेले ।
December 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले राष्ट्रिय लिग फुटबलको लागि प्रशिक्षक राजेन्द्र तामाङलाई क्लबमा पुन: अनुबन्ध गरेको छ । यसअघि दुई फरक भूमिकामा रहेर एपिएफको पुरुष र महिला फुटबल टोलीको प्रशिक्षण जिम्मेवारी सम्हालेका तामाङ पुन: एकपटक पुरुष टोलीको मुख्य प्रशिक्षक बन्दै विभागीय टोली फर्केका हुन् । एपिएफले तामाङलाई प्रशिक्षकमा ल्याएसँगै मिडफिल्डर सन्तोष खत्री र […]
December 25, 2025
एजेन्सी – एएफसी च्याम्पियन्स लिग समूह डी को खेलमा अल नासरले अल जाव्रालाई ५-१ ले हराएको छ। यो जितसँगै साउदी प्रो लिग टोलीले समूह चरणमा शतप्रतिशत जित दर्ता गर्यो। खेलमा किङ्स्ली कोमानले २ गोल गर्दै चम्किए। अल जाव्राले हारको बाबजुद पनि गोल अन्तरमा एफसी इस्तिक्लोललाई पछि पार्दै नकआउट चरणमा प्रवेश गरेको छ। साउदी अरबको रियादस्थित […]
December 25, 2025
एजेन्सी – अफ्रिका कप अफ नेसन्स (एफकोन) फुटबलमा क्यामरुनले समूह एफको पहिलो खेलमा गाबोनलाई १–० ले हराएको छ। खेलमा क्यामरुनका कार्ल एट्टा इयोङले छैंटौं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। ब्रायन एमबुमोको पासमा इयोङले गोल गरे। अफसाइडको कारण सुरुमा गोल मान्य नभए पनि भिएआर जाँचपछि गोललाई मान्यता दिइयो। क्यामरुन नयाँ प्रशिक्षक डेविड पागुको नेतृत्वमा यो […]