default_image

5 months ago

February 20, 2024

नेपालको सुरुवाती ११ सार्वजनिक

3932 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा सिरिया विरुद्ध खेल्ने नेपाली महिला टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।

नेपालको कप्तानी नियमित कप्तान गोलकिपर एन्जिल्ला तुम्बापो सुब्बाले नै गर्ने छिन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारीले फरवार्ड लाइन सम्हाल्नेछिन् । यस्तै भारतमा व्यवसायिक फुटबल खेलिरहेका ६ मध्य ५ खेलाडी सुरुवाती ११ मा छन् । ६ जना मध्य रश्मी कुमारी घिसिङ बेन्चमा छिन् ।

नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।

हिजो भएका समूह ए का खेलमा लेबनानले गुआममाथि ४-३ को जित निकालेको थियो भने जोर्डनले घरेलु टोलीमा साउदी अरेबिया माथि ३-१ को जित निकालेको हो ।

दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

सुरुवाती ११: एन्जिला तुम्बापो सुब्बा (कप्तान, गोलकिपर), अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, रेखा पौडेल, पूजा राना, अमिषा कार्की, दीपा शाही, सावित्रा भण्डारी, प्रिती राई, अनिता बस्नेत

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.