default_image

5 months ago

February 20, 2024

वाफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

4974 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उत्कृष्ट पहिलो हाफको मद्दतले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलको नेपालले सिरिया माथि जित हात पारेको छ । साउदी अरेबियाको राजधानी रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरिया माथि ४-१ को जित निकाल्न सफल भएको हो ।

नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक एक गोल गरेका हुन् ।

खेलको सुरुवातदेखि नै नेपाल खेलमा हावी भएको थियो । सुरुवाती समयमा साम्बातिर केन्द्रित भएको नेपाली अग्रपंक्तिले लगातार आक्रमण बुनिरहेको थियो । मिडफिल्डमा प्रिती राई उच्च लयमा देखिरहेकी छन् । नेपालले लगातार सिरियन टोलीबाट गल्तीहरू गराइरहेको थियो ।

दोस्रो मिनेटमा पूजा रानाको लामो पास सिरिया गोलरक्षक रनिम लतिफले फुस्काएपनि त्यहाँ कुनै खतरा रहन सकेन । सातौं मिनेटमा प्रिती राईको लङ रेन्ज प्रहार पोस्टको दिशामा रहन सकेन ।

अर्को मिनेटमा गीता रानाको लामो बलले पनि साम्बालाई भेटाउन सकेन । सोही मिनेटमा प्रिती राईको क्रससम्म पनि साम्बा पुग्न सकिनन् ।

१०औं मिनेटमा नेपालले खेलमा अग्रता लिन सफल भयो । डिफेन्डर मयर अलुशले बल सिधै प्रिती राईको खुट्टामा दिएपछि उनको प्रहार ब्लक हुन पुग्यो । तर बल बक्स भित्र खाली रहेकी अमिषा कार्कीको खुट्टामा पुगेपछि उनले शक्तिशाली प्रहार गर्दै खेलमा नेपाललाई अग्रता दिलाइन् ।

त्यसपछि पनि नेपालले लगातार आक्रमण बनिरह्यो । १२औं मिनेटमा प्रितीको अर्को लङ रेन्ज प्रहार लतिफले बचाइन् । सोही कर्नर किकमा नेपालले दोस्रो गोल गर्न सफल भयो । अनिता बस्नेतले प्रहार गरेको कर्नर किक सिधै गोलमा परिणत भएको थियो ।

१९औं मिनेटमा नेपालले खेलको तेस्रो गोल गर्यो । प्रितीले आफ्नै हाफबाट खेलेको थ्रु-पासमा गरेको पहिलो प्रहार लतिफले बचाएपनी बल उनकै खुट्टामा रह्यो । त्यसपछि उनले खेलेको पासमा साम्बाले सहजै गोल गर्न सफल भइन् ।

तेस्रो गोलपछि भने खेलमा नेपालको प्रभुत्व घट्दै गयो । तर नेपालका लागि खतरा भने बन्न सकेन । ३३औं मिनेटमा नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले सहज बल समात्न नसक्दा खतरा बनेको थियो । तर उनले दोस्रो पटकमा बल समात्न सफल भइन् ।

३८औं मिनेटमा साम्बाको प्रहार लतिफले बचाउन सफल भइन् । अमिषाको पासमा उनले एक डिफेन्डर छक्याएर गरेको प्रहार लाइनभन्दा अगाडि आएकी लतिफले बचाइन् ।

४३औं मिनेटमा गोलकिपर एन्जिलाको गल्तीमा नेपालले गोल खान पुग्यो । नोर मुस्ताफाको फ्रि-किक समात्ने क्रममा उनले बल नियन्त्रणमा लिन नसक्दा बल गिता रानालाई लागेर पोस्ट भित्र जान पुग्यो ।

४८औं मिनेटमा मुस्ताफाको लङ रेन्ज प्रहार एन्जिलाले सहजै समातिन् । ६०औं मिनेटमा केही सेकेन्डको अन्तरालमा साम्बाले दुई अवसरको सदुपयोग गर्न सकिनन् । पहिलो प्रहार लतिफाले बचाएकी थिइन् भने दोस्रो प्रहार पोस्टको केही टाढाबाट बाहिरिएको हो ।

६२औं मिनेटमा साम्बाले बक्स बाहिर बल खोसेर गरेको प्रहारमा पुनः लतिफा बाधक बनिन् । ६७औं मिनेटमा साम्बाले क्रसबारमा प्रहार गरिन् । पूजाको क्रसमा साम्बाको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा उनको फ्रि-हेडर भने पोस्टमाथि जान पुग्यो ।

अर्को मिनेटमा नेपालले खेलको चौथो गोल गर्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गोल गर्दै नेपालको अग्रता पुनः तीन गोलको बनाइन् ।

८९औं मिनेटमा अमिषाले पाँचौं गोल गर्ने अवसर खेरा फालिन् । बक्सको छेउमा खाली रहेको अवस्थामा गरेको प्रहार पोस्टको दिशामा रहन सकेन । इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाको प्रहार पुनः लतिफाले बचाइन् ।

नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।

नेपालले दोस्रो खेलमा फागुन १० गते इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.