default_image

5 months ago

February 21, 2024

हालान्डको गोलमा सिटीको जित

376 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी ब्रेन्टफोर्डमाथि संघर्षपूर्ण जित निकाल्दै प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलसँगको अंक दूरीलाई‌ कम गरेको छ ।

मंगलबार राति भएको खेलमा सिटी १–० ले विजयी हुँदै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लिएको छ। एर्लिङ हालान्डको गोलमा सिटी विजयी भएको थियो। उनले
७१ औं मिनेटमा‌ गोल गरेका थिए। प्रिमियर लिगमा १७ औं गोल गरेका हालान्ड यो सिजनमाको २२ औं गोल हो।

२५ खेलमा सिटीको ५६ अंक पुगेको छ । तेस्रो स्थानको आर्सनलको समान खेलबाट ५५ अंक रहेको छ ।लिभरपुल ५७ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

July 22, 2024

मछिन्द्र र सातदोबाटोको बराबरी, संकटा र चर्च ब्वाइजले पनि अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत सोमबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दुवै खेल १-१ को बराबरीमा सकिएको हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र एफसी र सातदोबाटो युथ क्लबले बराबरी खेले । ६३औं मिनेटमा रोनिक राना मगरको गोलमा लिएको अग्रता पश्चात ७९औं मिनेटमा आदेश लामाले गोल […]

July 21, 2024

चितवन जिल्ला लिगमा एनएफसी र एभरेष्ट विजयी

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार नारायणी फुटबल क्लब ( एनएफसी) र एभरेष्ट क्लब चितवन विजयी भएका छन्। शारदा नगरको मैदानमा भएको पहिलो खेलमा नारायणीले हर्दी युवा समाजलाई २-१ ले हरायो । नारायणीका‌ सुगम तामाङ र सुरज गुरुङले गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे । खेलमा […]

July 21, 2024

रेन्जर्सविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी – युरोपियन फुटबल सिजन सुरु हुनुअघिको प्रिसिजनको आफ्नो दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । ३९औं मिनेटमा बक्सको दायाँभागबाट उत्कृष्ट फिनिस सहित डियालोले सुरुवाती गोल गरेका थिए […]

Success

Thank you for your time.