default_image

5 months ago

February 21, 2024

अष्ट्रेलियाद्वारा न्युजिल्याण्ड विरुद्धको टी-२० मा रोमाञ्चक जित 

1131 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको तीन टी–२० सिरिजको पहिलो खेलमा रोमाञ्चक जित दर्ता गरेको छ । अष्ट्रेलियाले वेलिंगटनमा भएको खेलमा ६ विकेटको जित निकाल्दै तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

न्युजिल्यान्डले दिएको २१६ रनको लक्ष्य अष्ट्रेलियाले इनिङको अन्तिम बलमा पछ्यायो । अन्तिम बलमा चार रन आवश्यक हुँदा टिम डेभिडले बाउन्ड्री प्रहार गर्दै रोमाञ्चक जित हात पार्न सफल भए । 

अष्ट्रेलियाको जितमा कप्तान मिचेल मार्सले ४४ बलमा दुई चौका र सात छक्का प्रहार गर्दै अविजित ७२ रन बनाए । टिम डेभिडले आफ्नो इनिङ्समा दुई चौका र तीन छक्का प्रहार गर्दै १० बलमा ३१ रनको विनाशकारी इनिङ खेले ।

ओपनिङ जोडी ट्राभिस हेड र डेभिड वार्नरले क्रमशः २४ र ३२ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २५ रनको योगदान दिए भने जोस इन्ग्लिसले २० रन बनाए ।

न्यूजिल्याण्डका लागि मिचेल सान्टनरले दुई तथा एडम मिल्ने र लोकी फर्गुसनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा तीन विकेट गुमाएर २१५ रन बनाएको थियो । रचिन रविन्द्रले ३५ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६८ रन बनाए । ओपनर डेभन कोनवेले ४६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ६३ रन बनाए ।

अर्का ओपनर फिन एलेनले १७ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ३२ रन बनाए । ग्लेन फिलिप्स र मार्क च्यापम्यान क्रमशः १९ र १८ रनमा अविजित रहे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्शले समान एक एक विकेट लिए ।

शृङ्खलाको दोस्रो टी–२० शुक्रबार हुनेछ भने टि–२० शृंखला आइतवार तेस्रो खेलसँगै सकिने छ । यी दुई टोलीले टी–२० सिरिजपछि दुई खेलको टेष्ट सिरिज पनि खेल्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.