default_image

5 months ago

February 22, 2024

बार्सिलोना बराबरीमा‌ रोकियो

645 views

0 Bookmark

एजेन्सी- बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बराबरी रोकिएको छ। बुधबार बार्सिलोना र नेपोलीले १–१ को बराबरी खेलेका हुन् ।

नेपल्समा भएको खेलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको गोलमा ७० औं अग्रता लिएको थियो । त्यसपछि ५ मिनेटपछि नेपोलीका लागि भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए ।

अर्को अन्तिम १६ को पहिलो पोर्टोले आर्सनललाई १-० ले हराएको हो । इन्ज्युरी समयको चौथो मिनेटमा गालेन्कोले गोल गरेपछि पोर्टोको जित सम्भाव भएको हो ।

अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनलले हार बेहोरेको छ। बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलियन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् ।

खेलमा दबाब आर्सनल बनाएपनि गोल निकाल्न सकेन । अघिल्लो चरणका प्रवेशका‌ लागि आर्सनलले घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउँनु पर्ने हुन्छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.